बाढीको कारण यी हाइड्रोको उत्पादन बन्द गरिए, प्रसारण लाइनको तार चुडियो (भिडियो)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2021 | 10:29:57 PM मा प्रकाशित

laxmi  sunrise bank
देशका विभिन्न स्थानमा परेको वर्षा र त्यसपछि आएको बाढीले जलविद्युत गृहहरुमा क्षति पुगेको छ । नेपाल विद्युत प्राधिकारणका अनुसार विभिन्न नदीहरुमा आएको बाढीले जलविद्युत केन्द्रहरुबाट हुने उत्पादनमा गतिरोध उत्पन्न भएको छ।

अत्यधिक लेदो र बाढीका कारण मंगलबार साझवाट १४४ मेगावाटको कालिगण्डकी, ५० मेगावाट, ६९ मेगावाट, र ७० मेगावाटका तीन मर्स्याङ्दीहरु, ६० मेगावाटको माथिल्लो त्रिशुली ३ए, १४.८ मेगावाटको मोदी, १५ मेगावाटको गण्डकक बाँधका गेटहरु लगभग पुरै खोलिएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए । यसको कारण विद्युत उत्पादन रोकिएको उनले बताए । त्यस्तै ३० मेगावाटको चमेलिया पनि करिब १-२ घन्टा वालुवा फ्लसिङको लागि बन्द गरी पुनः सन्चालनमा ल्याईएको प्राधिकरणले जनाएको छ ।

निजीक्षेत्रका भोटेकोशी(४५ मेवा), झिमरुक १२ मेवा, मादी कोरिडोरको करिब ४५ मेवा समेत बन्द गरिएको प्रवक्ता तिम्सिनाले बताए । हेटौंडा - हार्दी १३२ केभी प्रसारण लाइनको तार चुडिएकोले सो को मर्मत भईरहेको प्राधिकरणले जनाएको छ। बाढी कम भई नदी प्रवाहमा सहज हुनासाथ ती पावरहाउसहरु सुचारु हुने प्राधिकरणले जनाएको छ।

आकस्मिक रुपमा आएको यो प्राकृतिक प्रकोपको कारण उत्पन्न विद्युत उत्पादन, प्रसारण र वितरण सेवाको असहज पूर्ववत अवस्थामा फर्काउन प्राधिकरणले प्रयास भईरहेको जनाएको छ। 

हेर्नुस भिडियो 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved