बाढीले हाइड्रो आयोजनामा ठूलो क्षति, पुनर्कर्जाको ब्यबस्था र बीमा सहज बनाउन इप्पानको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2021 | 11:15:34 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले जेष्ठ ३१ गते देखिको अविरल वर्षाका कारण विभिन्न नदी नालामा आएको अस्वभाविक तथा अत्यन्त भयानक बाढी तथा पहिरोका कारण देशभर ठूलो मात्रामा धनजनको क्षति भएको  दुःख व्यक्त गरेको छ। इप्पानले यस प्रकोपबाट घरबार बिहिन भएकाहरुलाई रु १० लाखको राहत वितरण गरिने घोषणा गरेको छ।

बाढी पहिरोका कारण विभिन्न नदी वेसिनमा रहेका धेरै निर्माणाधीन तथा निर्माण सम्पन्न भईसेकेका जलविद्युत आयोजनाहरु तथा विभिन्न ट्रान्समिसन लाईनहरुमा ठूलो क्षति पुगेकोले राहतको लागि आग्रह गरेको छ ।   सरकारले अल्पकालिन तथा दिर्घकालिन रुपमा कार्य अगाडी बढाएको खण्डमा मात्र ऊर्जा क्षेत्रलाई राहत हुन  इप्पानले जनाएको छ । 

जस अनुसार इप्पानले तत्काल र दिर्घकालिन रुपमा निम्न कार्य गर्न आग्रह गरेको छ । 

तत्काल गर्नुपर्ने अल्पकालिन कार्यहरु

१. आयोजना स्थलसम्म पुग्ने पहुँच मार्गमा क्षति भएका स्थानको तत्काल पुनःनिर्माण गर्नुपर्ने ।

२. आयोजना स्थल तथा मानविय वस्तिसम्म निर्माण तथा वितरण गरिएका र हाल बाढीका कारण क्षति पुगेका प्रसारण लाईनहरु तत्काल सूचारु गरिनु पर्ने ।

३. नेपाल विद्युत प्राधिकरणले निर्माण गरेका सवस्टेशनहरुको सुरक्षार्थ तत्काल उचित कदम चाल्नुपर्ने ।

४. गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाईं मन्त्रालय, अर्थ मन्त्रालय तथा अन्य सरोकारवाला निकायहरुको उच्चस्तरीय संयन्त्र बनाई समस्याहरु तत्काल सम्बोधन गर्नुपर्ने ।


दिर्घकालिन रुपमा गर्नुपर्ने कार्यहरु

१. बीमाको भुक्तानी गर्ने कार्यका लागि सहजीकरण गर्नुपर्ने तथा बीमा भक्तानी छिटो र सहज बनाउन बीमा समिति तथा अर्थ मन्त्रालयले पहलकदमी गर्नुपर्ने ।

२. निर्माण सम्पन्न हुने चरणमा रहेका आयोजनाहरु तर यस वर्षको बाढीले संरचानामा क्षति भई अथवा ट्रान्समिसन लाईनमा क्षति भई अथवा ट्रान्समिसन लाईनको निर्माण सम्पन्न हुन नसकेको खण्डमा आयोजना कम्तीमा १ वर्ष ढिला हुन जाने देखिएकाले आयोजनाहरुले लिएकोऋण रकमको नेपाल राष्ट्र बैंकले १ वर्षको लागि पनरकर्जा (refinancing) को व्यवस्था गर्नुपर्ने ।

३. विभिन्न नदी वेसिन तथा कोरिडोरमा रहेका पावर हाउस तथा हेडवक्र्सको सुरक्षाका लागि नेपाल सरकार, जल उत्पन्न तथा प्रकोप नियन्त्रण विभाग मार्पmत नदी नियन्त्रणका लागि योजनाहरु बनाउन पहल गर्नुपर्ने ।

इप्पानले क्षति पुगेका आयोजनाहरुको सहयोगको लागि इप्पान सदैव तत्पर रहेको जनाएको छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved