सान्जेन जलविद्युत कम्पनीको सीइओमा ढुंगेल नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2021 | 01:17:46 PM मा प्रकाशित

laxmi  sunrise bank
सान्जेन जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा इन्जिनियर सुनिल कुमार ढुंगेल नियुक्त भएका छन् । कम्पनीको जेठ २७ गते संचालक समितिको बैठकले ढुंगेललाई सीइओ नियुक्त गरेको हो ।

यस अघि प्रमुख कार्यकारी अधिकृत रहेका किरण कुमार श्रेष्ठले पदबाट राजिनामा दिएपछि उनको स्थानमा ढुंगेल नियुक्त भएका हुन् । ढुंगेललाई खुला प्रतिस्पर्धाबाट सीइओ नियुक्त भएका हुन् । उनी नेपाल विद्युत् प्राधिकरणको उपकार्यकारी निर्देशकबाट अवकाश प्राप्त कर्मचारी हुन् । 

कम्पनीले रसुवामा १४.८ मेगावाटकाे माथिल्लाे सान्जेन र ४२.५ मेगावाटकाे सान्जेन जलविद्युत् आयाेजना निर्माण गरिरहेकाे छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved