तल्लो इन्द्रावती हाइड्रोको लागि आर्थिक प्रस्ताव खोलियो, नेशनल हाइड्रोले पाउने सम्भावना कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2021 | 06:57:27 PM मा प्रकाशित

laxmi  sunrise bank

तल्लो इन्द्रावती हाइड्रोपावर परियोजनाको आर्थिक प्रस्ताव खोलिएको छ। विद्युत विकास विभागमा आज एक कार्यक्रमकाबीच प्राविधिक रुपमा योग्य देखिएका चार संस्थाहरुको आर्थिक प्रस्ताव खोलिएको हो।

प्राविधिक रुपमा योग्य देखिएका नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड, वाइबा एण्ड लामा, आरएम इन्भेष्टमेनट कम्पनी, र लोवर अर्खुवा हाइड्रोपावर कम्पनीको आर्थिक प्रस्ताव खोलिएको हो। 

आज आर्थिक प्रस्ताव खोलिएपनि यी कम्पनीहरुको मुल्यांकन गरि अबको १५ दिनभित्र तल्लो इन्द्रावती हाइड्रोपावर परियोजना पाउने संस्थाको टुंगो लाग्ने विभागका महानिर्देशक नविन राज सिंहले बिजपाटीलाई बताएका छन्। 

कानुनी व्यवस्थाअनुसार पनि अबको १५ दिन भित्र यी ४ संस्था मध्ये तल्लो इन्द्रावती हाइड्रोपावर परियोजना पाउने संस्थाको टुंगो लगाउनुपर्ने उनले बताए।

खुला बिडिंग मार्फत आब्हान गरिएकोमा तल्लो इन्द्रावती हाइड्रोपावर परियोजना निर्माणको लागि यी ४ संस्था प्राविधिक रुपमा योग्य ठहरिएका हुन्। तल्लो इन्द्रावती हाइड्रोपावर परियोजना ४ दशमलव ५ मेगावाटको परियोजना हो।

१४ दशमलव ५ मेगावाटको लोवर इर्खुवा हाइड्रोमा नेशनल हाइड्रोको ४० प्रतिशत लगानी रहेको र सो आयोजनाको ४० प्रतिशत काम सकिएकाले तल्लो इन्द्रावती हाइड्रो परियोजना निर्माणको जिम्मेवारी नेशनल हाइड्रोले पाउने सम्भावाना रहेको बजारमा चर्चा छ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved