कोभिड बिरुद्द लड्न इप्पान र एनएमएबीच साझेदारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2021 | 09:53:41 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वतन्त्र उर्जा उत्पादक संघ इप्पान र नेपाल मेडिकल एशोसियन(एनएमए) बीच कोभिड बिरुद्द लड्नको लागि साझेदारी गर्ने सम्बन्धि सम्झौता भएको छ । सम्झौतामा इप्पानका तर्फबाट अध्यक्ष कृष्ण प्रसाद आचार्य  र एनएमएका तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरेका छन् । 

सम्झौता पत्रमा कोभिड १९ बिरुद्द लड्नको लागि थप दक्ष जनशक्ति तयार गर्नको लागि आवश्यक तालिम तथा सिप वृद्धि कार्यक्रम संचालन गर्न सहकार्य गर्ने उल्लेख छ । सहकार्य मार्फत दक्ष जनशक्ति तयार गर्ने र सो जनशक्तिद्वारा जलविद्युत तथा उर्जा क्षेत्रमा कार्य गरिरहेका व्यक्ति लगायत नेपाली जनता लाई कोभिड १९ बिरुद्द उपचार गर्ने साथै टेलीमेडिसिन कार्यक्रम मार्फत जानकारी प्रदान गर्ने ब्यबस्था गरिएको इप्पानले जनाएको छ । यसका लागि आवश्यक पर्ने सामाग्री इप्पानले एनएमएलाई प्रदान गर्ने छ । 

सम्झौता अनुरुप एनएमएले इप्पानसंग आवद्द व्यक्ति तथा संस्थालाई कोभिड १९ बाट सुरक्षित रहन गर्नु पर्ने कार्यको जानकारी दिन अनलाइन मर्फय कार्यक्रम गर्ने छ । त्यस्तै कोभिडबाट संक्रमण भएमा त्यस्तो समयमा गर्नु पर्ने कार्य बारे हटलाइन तथा कल सेन्टर मार्फत परामर्श दिने छ । 

त्यस्तै कोभिडको बेला देश र जनताको लागि प्रदान गर्ने भनिएको 'इप्पान फ्रन्टलाइन हिरोज अवार्ड' को लागि एनएमएले आफ्नो विज्ञ सुझाव प्रदान गर्ने र हाल इप्पानले कोभिड बिरुद्द लड्नको लागि खरिद गरेका स्वास्थ्य सामाग्री एनएमएको सल्लाह बमोजिम वितरण गर्ने सम्झौतामा उल्लेख छ । 

इप्पानले उपाध्यक्ष मोहन कुमार डाँगीको संयोजकत्वमा कोभिड कमिटी स्थापना गरि कोभिड बिरुद्द लड्न विभिन्न कार्य गर्दै आएको जनाएको छ  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved