अपर तामाकोशीको बिजुली आइतबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2021 | 09:57:30 AM मा प्रकाशित

laxmi  sunrise bank

आइतबारदेखि राष्ट्रिय गौरव अपर तामाकोशीलाई राष्ट्रिय विद्युत प्रणालीमा जोडिने भएको छ । नेपाल विद्युत प्राधिकरणको प्रणाली संचालन विभागले असार १३ गतेदेखि असार १९ गतेसम्म तामाकोशीलाई राष्ट्रिय विद्युत प्रणालीमा जोडिन लागेको जनाएको हो । 

यस अवधिमा खिम्ती-लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द गरिने विभागले जनाएको छ । प्रसारण लाइन बन्द गरिंदा विद्युत विद्युत प्रणालीमा विद्युत अपुग हुने भएकोले ढल्केवरदेखि कोहलपुरसम्मका सब स्टेसनबाट विद्युत आपूर्ति हुने क्षेत्रका ग्राहकहरुको विद्युत छोटो समयको लागि कटौती हुन सक्ने प्राधिकरणले जनाएको छ । 

समय अगावै कार्य सम्पन्न भएमा सोहि अनुसार विद्युत सुचारु हुने प्राधिकरणले जनाएको छ कुलेखानी जलाशयको पानी प्रयोग गरि यथासम्भव विद्युत् कटौतीको समय कम गर्न प्रयास गरिने प्राधिकरणले जनाएको छ । ४ सय ५६ मेगावाटमध्ये ७६ मेगावाट क्षमताको आयोजनाको पहिलो युनिटबाट विद्युत उत्पादनको परीक्षण गरि प्रसारण लाइनमा जोडिन लागेको हो । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved