५० मेगावाटको युनाइटेड मेवा खोलालाई जुट्यो लगानी, निफ्रासहित ७ बैंकले ७ अर्ब लगानी गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2021 | 12:31:51 PM मा प्रकाशित

laxmi  sunrise bank

 ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनाको लागि वित्तीय स्रोत जुटेको छ । युनाइटेड मेवा खोला हाइड्रोपावर प्रा.लि प्रवद्र्धक रहेकोे ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनामा सिटिजन्स बैँक इन्टरनेसनल लि. को अगुवाईमा ७ बैंकले लगानी गर्ने भएका हुन् ।

आयोजनामा  सिटिजन्स बैँकको अगुवाईमा कुमारी बैंक लि., मेगा बैंक, नेपाल इन्फ्रास्ट्रचर बैंक, सिद्धार्थ बैंक, नेपाल एस.बि.आइ बैंक र सिभिल बैँकसहित ७ बैँकहरुले लगानी गर्ने भएका हुन् । यी ७ बैंकले ७०० करोड रुपैयाँ (रु.६७५ करोड आवधिक कर्जा र रु.२५ करोड चालु पूजी कर्जा) ऋण लगानी गर्ने गरी प्रवद्र्धक कम्पनी एवं बैँकहरु बीच बिहिबार वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर बह्छयेको छ।

यो आयोजना प्रदेश नंं. १ को ताप्लेजुङ्ग जिल्ला साविक थुकिमा, लिङतेप एवं खाम्लुङ्गगा.वि.स. (हालको मेरिङदेन गाँउपालिका) मा निर्माण हुने छ। परियोजनाको अनुमानित लागत करीब रु.९ अर्ब मा बैंकहरुले ७५ः२५ को ऋणःस्वपुँजी अनुपातमा रु.६ अर्ब ७५ करोड बराबरको ऋण लगानी गर्नेछन् । यस मध्ये, सिटिजन्स बैंकबाट रु.१ अर्ब ४५ करोड, कुमारी बैंकबाट रु.१ अर्ब, मेगा बैंक नेपालबाट रु.१ अर्ब, नेपाल इन्फ्रास्ट्रचर बैंकबाट रु.१ अर्ब नेपाल एस.बि.आइ बैंकबाट रु.८० करोड,सिद्धार्थ बैंकबाट रु.१ अर्ब, र सिभिल बैंक बाट रु.५० करोड लगानी हुनेछ भने २५% स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने कम्पनीले जनाएको छ ।

 आयोजनाको निर्माण आगामी तीन वर्ष भित्रमा नै निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । जसका लागि नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पुरा गरी आयोजना निर्माणाधीन अवस्थामा रहेको कम्पनीले जनाएको छ ।

निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको कोशी कोरिडोर अन्तर्गको ढुङ्गेसाँघु स्थित सबस्टेशनमा जोडिने छ । आयोजनाबाट हिउँदमा ९७.४२४ गिगावाट घन्टा र वर्खामा २०५.५८७ गिगावाट गरी बार्षिक ३०३.०११ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved