सुनकोशी–२ आयोजना खारेज गर्न रामेछापका माझी समुदायको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2021 | 01:41:17 PM मा प्रकाशित

laxmi  sunrise bank

रामेछापका माझी समुदायले सुनकोशी–२ जलविद्युत आयोजना खारेज गर्न माग गरेका छन् । सुनकोशी–२ जलविद्युत आयोजनाले आफूहरुको पहिचान मास्ने भन्दै रामेछापका माझी समुदाय आन्दोलित भएका हुन् । 

१ हजार मेगावाट क्षमताको प्रस्तावित सुनकोशी–२ जलविद्युत आयोजनाले आफूहरुले वर्षौदेखि बस्दै आएको भूमी डुबाउने र आफूहरुको पहिचान नै समाप्त पार्ने भन्दै माझी समुदायले आज आयोजना खारेजीको माग गर्दै जिल्ला सदरमुकाम मन्थलीमा प्रदर्शन गरेका छन् ।

‘पुर्खौपुर्खा देखि बस्नै आएको भूमी मास्न पाइँदैन, हामीलाई हाम्रो बस्ती प्यारो छ’ मन्थली नगरपालिका वडा नम्बर ६ भलुवाजोरका अगुवा तिलक माझीले भने, ‘हाम्रो माग भनेको सुनकोशी–२ जलविद्युत आयोजना खारेज गर्नुपर्छ भन्ने हो ।’

माझी समुदायको अस्तित्व नै खतरामा पर्ने र आफूहरुको धर्म संस्कृतिमाथि प्रहार गर्ने नियतले सुनकोश–२ आयोजना प्रस्तावित भएकाले आफूहरु बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनको भनाई छ ।

आजको प्रदर्शनमा मन्थली नगरपालिका वडा नम्बर ६ भलुवाजोरको नवुघाट, सेलेघाट, हात्तिटार, मसानटार, कुनौरी, मन्थली १ को बसपार्क क्षेत्र, वडारे, मुगिटार, भटौली, रजगाउँ, गाईखुरा र चिसापनीका माझीहरु उपस्थित थिए । १ हजार २ सयको संख्यामा उपस्थित भएका माझी समुदायका व्यक्तिहरुले आयोजना खारेजीको माग सहितका नाराबाजी गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved