सानिमा माइको वित्तीय विवरण सार्वजनिक, बिजुली बेचेर ८५ करोड आम्दानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2021 | 09:33:03 AM मा प्रकाशित

सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेड Sanima Mai Hydropower  ले अघिल्लो आर्थिक बर्षको तुलनामा सामान्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। सानिमा माइको अनअडिटेड वित्तीय विवरणअनुसार सानिमा माईको खुद मुनाफा झन्डै ११ प्रतिशतले बढेको छ। 

सानिमा माइको खुद मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनमा १०.९२ प्रतिशतले बढेर ३६ करोड ६६ लाख रुपैयाँबाट ४० करोड ६८ लाख पुगेको छ। सानिमा माईले गत आर्थिक बर्ष ८५ करोड ३ लाख रुपैयाँ बराबरको बिजुली बिक्रि गरेको छ भने अरु आम्दानीको स्रोतबाट १ लाख ४२ हजार आर्जन गरेको छ। 

यस अवधिमा सानिमा माइको रिजर्भमा ६८ करोड २ लाख रुपैयाँ छ भने यसको चुक्तापुंजी २ अर्ब ८० करोड रहेको छ। त्यस्तै सानिमा माईले लिएको कर्जा सापटी १ अर्ब ९८ करोड रुपैयाँ रहेको छ। 

यस अवधिमा सानिमा हाइड्रोको चुक्तापुंजी १४ रुपैयाँ ४९ पैसा, प्रति सेयर नेटवर्थ १२४ रुपैयाँ २२ पैसा र मुल्य आम्दानीको अनुपात ३५ दशमलब ४१ गुणा रहेको छ। 

सँस्थाले कमाएको एक रुपैयाँ बराबर आम्दानीको लागि लगानीकर्ताले कति तिर्न तयार हुन्छ भन्ने कुरालाई मूल्य आम्दानी अनुपातले देखाउँछ।  यसको मतलब सानिमा माईले कमाएको एक रुपैयाँ आम्दानी बराबर बजारमा लगानीकर्ताले ३५ रुपैयाँ ४१ पैसा तिरिरहेको छ भन्ने बुझिन्छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved