हाइड्रो कम्पनीले २ सय प्रतिशतसम्म हकप्रद निष्काशन गर्न पाउने, यस्तो छ आयोगको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2021 | 06:06:49 PM मा प्रकाशित

laxmi  sunrise bank

विद्युत नियमन आयोगले 'विद्युतसम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८' स्वीकृत गरेको छ । आयोगको असोज ६ गतेको बैठकले निर्देशिका स्वीकृत गरेको हो । 

निर्देशिकामा आयोगले विभिन्न शर्त तोकेर हाइड्रो कम्पनीले हकप्रद निष्काशन गर्ने सक्ने ब्यबस्था गरेको छ । आयोगले आयोजना निर्माणको लागि र निर्माणाधीन आयोजनको लागि हकप्रद निष्काशन गर्न सक्ने बाटो खुला राख्दै विभिन्न शर्त तोकेको छ । 

के गरियो नयाँ ब्यबस्था ?

अनुमतिपत्र प्राप्त कम्पनीले आफु मुख्य कम्पनीको हैसियतमा एकाउन्न प्रतिशत वा सो भन्दा बढी शेयर रहने गरी आफ्नो मातहतको आयोजनामा वा आफ्नो सहायक कम्पनीको आयोजनामा वा नयाँ सहायक कम्पनी स्थापना गरी आयोजना निर्माणको लागि संस्थागत लगानी गर्न हकप्रद शेयर निष्काशन गर्न सक्ने ब्यबस्था आयोगले गरेको छ । यस बमोजिम बढीमा २ सय प्रतिशतसम्म हकप्रद निष्काशन गर्न सकिने छ । 

जस अनुसार आफु मुख्य कम्पनीको हैसियत हुने बाहेकका अन्य अनुपतिपत्र प्राप्त कम्पनीले निर्माण गरिरहेको वा गर्न गईरहेको आयोजनामा पचास प्रतिशत भन्दा कम शेयर लगानी गर्ने प्रयोजनका लागी हकप्रद शेयरको निष्काशन गर्न सक्नेछ । तर यसरी शेयर निष्काशन गर्दा उक्त आयोजना निर्माणको भौतिक प्रगति पच्चिस प्रतिशत भन्दा बढी भएको हुनु पर्नेछ । यस अनुसार बढीमा १ सय प्रतिशत हकप्रद निष्काशन गर्न सकिने छ। 

हकप्रद शेयरको निष्कासनको लागि निवेदन दिदा सहायक कम्पनीमा रहने मुख्य कम्पनी र अन्य शेयरधनीको कति कति प्रतिशत शेयर कायम रहने हो सोको विवरण पेश गर्नु पर्नेछ । मुख्य कम्पनीले आफ्नो आयोजनाको विद्युतको व्यापारिक उत्पावन शुरु गरेको हुनु पर्नेछ । मुख्य कम्पनीले सहायक कम्पनीको चुक्ता पूँजीको एकाउन्न प्रतिशत वा सोभन्दा बढी अंश ग्रहण गरेको हुनु पर्नेछ । आयोजनाको विद्युत खरिदबिक्री सम्झौता सम्पन्न भएको हुनु पर्नेछ । आयोजना निर्माणको लागि वित्तीय व्यवस्थापन सम्पन्न भएको हुनु पर्नेछ । र  आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र प्राप्त भएको हुनु पर्नेछ । त्यस्तै मुख्य कम्पनी नेपालको धितोपत्र बजारमा सूचिकृत भएको कम्पनी हुनु पर्नेछ ।

त्यस्तै कम्पनीले प्रारम्भिक शेयर निष्काशन गरे पश्चात् विभिन्न कारणले आयोजनाको निर्माण सम्पन्न हुन नसकेको अवस्थामा आयोजनाको बाँकी निर्माण कार्य सम्पन्न गर्ने प्रयोजनका लागि हकप्रद शेयर निष्कासन गर्न सक्ने छन् । तर यसको लागि आयोजना निर्माणको लागत काबुबाहिरको परिस्थितिका कारणले बढ्न गएको अवस्था हुनु पर्नेछ । निर्माण लागत बढ्न गएमा स्वलगानीको भागमा हुन आउने रकमको लागि हकप्रद शेयर निष्काशन गर्न सक्नेछ ।  साथै आयोजनाको भौतिक प्रगति कम्तीमा असी प्रतिशत हासिल भएको हुनु पर्नेछ । निर्माण सम्पन्न गर्न आवश्यक रहेको पूँजीगत लगानीको सम्बन्धमा स्पष्ट वित्तीय एवम् तालिकावद्ध कार्ययोजना सञ्चालक समिति तथा साधारण सभाबाट पारित गरिएको हुनु पर्नेछ ।

यसको अलवा कम्पनीले आयोजना निर्माणका लागी ऋण लिएको बैंक तथा वित्तीय संस्थाबाट  हकप्रद शेयर निष्कासन सम्बन्धमा सहमति लिएको हुनु पर्नेछ । हकप्रद शेयरको निष्कासन गर्दा प्रथम चरणमा निश्चित समय तोकी संस्थापक शेयरधनीका लागि शेयर निष्कासन गर्नु पर्नेछ । संस्थापक शेयरधनीले चुक्ता गर्नु पर्ने कुल रकम र सो रकम चुक्ता गरे नगरेको व्यहोरा खुलाईएको विवरण समेत प्रकाशन गरी दोस्रो चरणमा सर्वसाधारणको लागि हकप्रद शेयरको निष्कासन गर्नु पर्नेछ । काबुबाहिरको परिस्थिती भन्नाले: दैवि प्रकोप एवम् प्राकृतिक विपत्ती, कुनै महामारी रोग फैलिएको अवस्था, लडाई, आन्तरिक बिद्रोह, बन्द, हड्ताल, नाकाबन्दी र यस्तै कारणले उत्पन्न विध्वंसात्मक कार्य र माथिका कारणले श्रमिक, मालसामान वा सेवा उपलब्ध हुन नसकी आयोजना निर्माण, परिक्षण वा सञ्चालन गर्न नसकेको बुझ्नु पर्ने निर्देशिकामा उल्लेख छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved