विभिन्न माग राख्दै महासंघले उर्जामन्त्रीलाई बुझायो ज्ञापन पत्र, पीपीए तत्काल खोल्न आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2021 | 02:10:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघले उर्जा क्षेत्रसँग सम्बन्धित विभिन्न मागहरु राख्दै ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री पम्फा भुषाललाई ज्ञापनपत्र बुझाएको छ । महांसघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री भुषाल समक्ष आज मंगलबार ज्ञापन पत्र बुझाएको हो  ।

नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको डिमाण्ड शुल्क बढाउँन लागेको प्रति महासंघले मन्त्री भुषालको ध्यानाकर्षण गराएको छ । डिमाण्ड शुल्क बद्धि हुँदा औद्योगिक लागत बढ्न गई आर्थिक गतिविधि संकचित हुने हुदा लक्षित आर्थिक वृद्धि र रोजगारी सिर्जनामा समेत प्रतिकल असर पर्ने महासंघले उल्लेख गरेको छ। महासंघले प्रतिष्पर्धि उत्पादन र रोजगारी सिर्जनाका लागि हाल कायम महशुल घटाउन र अन्य शुल्क हटाउदै जान माग गरेको छ ।

कोभिडको हालको विषम परिस्थितिमा डिमाण्ड शुल्क बृद्धि र टिओडी मार्फत महसुल बद्धिका लागि नियमन आयोगबाट गरिएको सिफारिस समय सापेक्ष नदेखिएकोले डिमाण्ड शुल्क र महसुल बढाउन सिफारिस कार्यान्वयन नगरी उद्योगहरुलाई सहुलियत दरमा विद्यत उपलब्ध गराउन निर्देशन जारि गर्नको लागि महासंघले मन्त्री समक्ष आग्रह गरेको छ।

त्यस्तै नेपाल विद्युत प्राधिकरणले २०७५ फागुनदेखि विद्युत खरिद सम्झौता पिपिए रोकिएमा त्यसलाई तत्काल सुचारु गर्न महांसघले माग गरेको छ।  बातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन तयार गरेका, उत्पादन लाइसेन्स पाईसकेका, प्रसारण लाइनमा बिजुली जोडिने सुनिश्चितता भएका, र आयोजनाको लागि वित्तीय स्रोत जुटाउन सक्ने आयोजनाको लागि पीपीए खुला गर्न महासंघले आग्रह गरेको छ।

त्यस्तै महासंघले स्वदेशी प्रबर्दकलाई पनि बिदेशी लगानीकर्ता सरहको सेवा सुविधा प्रदान गर्न माग गरेको छ । महासंघले १-२ दिन विद्युत महसहुल तिर्न ढिलाई हुँदा पनि अत्याधिक जरिवाना तिर्नु पर्ने ब्यबस्थाको अन्त्य गर्न माग गरेको छ । अहिलेको जरिवानाको दर मिटर ब्याज भन्दा पनि महँगो भएकोले यसलाई समय सापेक्ष परिमार्जन गर्न महासंघले आग्रह गरेको छ । साथै नेपाल विद्युत प्राधिकरणले उद्योगीलाई तोकेको शुल्क चित्त नबुझेमा केहि प्रतिशत मात्र शुल्क बुझाएर पुनरावलोकनमा जाने बाटो पनि खुला गरिदिन मन्त्री भुषाल समक्ष महासंघले आग्रह गरेको छ । 

प्रतिनिधिमण्डलमा महांसघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, वस्तुगत उपाध्यक्ष अन्जन विष्ट, जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ, महांसघको उद्योग समितिका सभापति भारत आचार्य, उर्जा समितिका सभापति गोपाल खनाल लगायत उपस्थित थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved