अपर चमेलियामा लगानी गर्न अपि पावरले पायो हकप्रदको अनुमति, आयोगले राख्यो यस्तो सर्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2021 | 06:29:21 PM मा प्रकाशित

laxmi  sunrise bank

अपी पावर कम्पनी Api Power Company  ले हकप्रद बिक्रि गर्नको लागि बिद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ। अपि पावरले १ कित्ता बराबर शुन्य दशमलब ३९३६ का दरले हकप्रद बिक्रि गर्नलाई आयोगबाट स्वीकृति पाएको हो। 

अपि पावरले बिभिन्न समयमा आयोगले मागेको कागजात पेश गरेको र प्रस्तुतिकरण गरेको आधारमा बिभिन्न सर्त राखेर हकप्रद बिक्रिको लागि स्वीकृति दिईएको आयोगले जनाएको छ। 

अपर चमेलिया आयोजनाको लागि चुक्ता पुंजी २७५ करोड ८९ लाख १५ हजारको १ बराबार ३९३६३३ अनुपातले हुन आउने १०८ करोड ६० लाख बराबरको एक सय अंकित १०८६०००० कित्ता हकप्रद सेयर निष्काशन गर्न पुर्व स्वीकृति प्रदान गरिएको आयोगले जनाएको छ।

हकप्रद बिक्रिको पुर्व स्वीकृति दिएको आयोगले सेयर निष्काशनबाट प्राप्त हुने १०८ करोड ६० लाख रुपैयाँ आयोजना निर्माणमा लगानी गर्नुपर्ने सर्त राखेको छ।   

बिद्युत नियमन आयोगले स्वीकृति दिएपनि नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरे पश्चात मात्रै अपि पावरले हकप्रद बिक्रि गर्न पाउनेछ। 

हाल कम्पनीले ४० मेगावाटको अपर चमेली परियोजना निर्माण गरिरहेको छ भने केहि मेगावाटको सोलार परियोजना समेत निर्माण गरिरहेको छ। अपिले पहिल्यै ४ मेगावाटको चन्द्रपुर सोलार परियोजना संचालनमा ल्याईसकेको छ।

अपिले थप ६२.५ मेगावाट बराबरको परियोजना आगामी बर्ष निर्माण सम्पन्नको तयारीमा छ। यसबाट कम्पनीले थप आम्दानी जुटाउन सक्ने छ।    

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved