पोलको भाडा ३ सयबाट १४ हजार पुर्याएका कुलमान एकाएक किन भए ‘ब्याक’ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2021 | 11:04:29 AM मा प्रकाशित

laxmi  sunrise bank

पोल प्रयोग गरेर शुल्क नतिरेको भन्दै देशभर तार काट्ने अभियान थालेका नेपाल बिद्युत प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङ एकाएक ब्याक भएका छन्। 

आफ्नो निर्णयबाट एक कदम पछाडी हट्दै कुलमानले सेवा प्रदायकलाई आफुले प्रयोग गरेको पोल र त्यसको शुल्क स्व घोषणा गरि भुक्तानी गर्नलाई कात्तिक मसान्तसम्मको समय दिएका छन्।   

चितवन, बिराटनगर र काठमान्डू लगायतका केहि ठाउँमा तार काटेर केहि दिन इन्टरनेट लगायतका सेवा ठप्प समेत पारिदिएका कुलमान कुलमान एकाएक ब्याक किन भए भन्ने आम चाँसो बढेको छ।

उर्जा मन्त्रालयमा भएको छलफल पश्चात आक्रामक रणनीति लिएका कुलमान आफ्नो निर्णयबाट पछाडी हटेका हुन्। असोज १७ गते आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पहलमा ऊर्जामन्त्री पम्फा भुसालको रोहवरमा बैठक बसेको थियो । बैठकमा सञ्चार मन्त्रालय, उर्जा मन्त्रालय, दूरसञ्चार प्राधिकरण, विद्युत प्राधिकरण र नेपाल टेलिकमका प्रतिनिधि सहभागी थिए।

उर्जा मन्त्रलायको बैठकमा भएका कुराकानीका कारण मात्रै नभई नेपाल दुरसंचार प्राधिकरणले केहि नैतिक प्रश्न उठाएकाले कुलमान आफ्नो निर्णयबाट फिर्ता भएको स्रोतको दाबी छ। 

स्रोतका अनुसार बिद्युत प्राधिकरणले बीना अनुमति नेटवर्क सर्भिस प्रोभाईडरको काम गरेकोबारे नेपाल दुरसंचार प्राधिकरणले कुलमानलाई स्मरण गराएपछि नैतिकताको हिसाबले कुलमान आफ्नो निर्णयबाट ब्याक भएका हुन्। कानुनत नेपाल दुरसंचार प्राधिकरणको अनुमति बीना कसैले पनि नेटवर्क सर्भिस प्रोभाईडरको काम गर्न पाउदैन। तर बिद्युत प्राधिकरणले भने बर्षौंदेखि सेवा प्रदायकलाई अप्टिकल फाइबर को सेवा दिदै आएको छ।     

अर्कोतर्फ हिजो प्रति किलोमिटर प्रति पोल ३०० रुपैयाँ तोकिएकोमा अहिले यो शुल्क बढाएर १४००० पुर्याउंदा यसको प्रत्यक्ष असर उपभोक्तालाई पर्ने र भएकाले पनि बढेको मुल्य बैज्ञानिक नभएको देखेपछि कुलमान आफ्नो निर्णयबाट फिर्ता हुन् बाध्य भएको स्रोतको दाबि छ।

नयाँ भाडादर अनुसार ३३ र ११ केभीका पोलहरुमा एडीएएस ब्याकबोल केवल जडान गरेबापत प्रति किलोमिटर प्रति बर्ष १४ हजार रुपियाँ (कर बाहेक) तोकिएको थियो। यस अघि प्रति कोर प्रति किमी मासिक रुपमा ३०० रुपैयाँ थियो। 

त्यस्तै बिद्युत वितरण लाइनको ३३-११ केभी र त्यसभन्दा मुनिको बिद्युत संरचनामा जडान हुने वितरण अप्टिकल फाइबर केवलमा जडान गरेबापत २४ करोडसम्म महानगरपालिका र नगरपालिका-गाउँपालिकामा क्रमश ९ र ७ हजार प्रति किमी प्रति बर्ष तोकिएको थियो। यस अगाडी पालिका नछुट्याई यो शुल्क १ हजार २ सय थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved