उर्जामन्त्री भुषालको अपिल 'एक वर्षभित्र एलपी ग्यास नै नराख्ने गरेर संरचना बनाऔँ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2021 | 02:05:06 PM मा प्रकाशित

laxmi  sunrise bank

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी एक वर्षभित्र सबैखाले घरेलु उपकरण विद्युत्बाट चलाउने गरेर संरचना निर्माण गर्न अपिल गरेकी छिन् । उनले एक वर्षभित्र एलपी ग्यास नै नराख्ने गरेर संरचना बनाउन र विद्युतीय चुल्हो प्रयोग गर्न अपिल गरेकी हुन्। डलर साटेर आईसीले खरिद गरेको ग्यास विस्तापित गर्न उनको आग्रह छ।

लोडसेडिङका समयमा सबैभन्दा कम विद्युत् खपत गर्ने संरचना निर्माण गरिएको उल्लेख गर्दै मन्त्री भुसालले भनिन्, “बत्तिमात्र बाल्नका लागि बनाइएका संरचनामा सबैखाले उपकरण विद्युत्बाट चलाउन नसक्ने अवस्था पनि हुन सक्छन् । अब विद्युत्को चुल्हो बाल्ने गरी संरचना निर्माण गर्दै जाऔँ, आफ्नै देशको जलविद्युत्को अधिकतम प्रयोग गरौँ ।” सामाजिक एवं आर्थिक रुपान्तरणको आधार भनेको ऊर्जा, सडक र खानेपानीको उपलब्धताबाट हुने बताउँदै उनले सबै खाले ऊर्जाका स्रोतलाई विस्थापित गरेर जलविद्युत्को प्रयोगतर्फ अगाडि बढ्नुपर्ने समय आएको बताईन् ।

आगामी दिनमा यातायात र उद्योगीले मागेजति विद्युत् उपलब्ध गराइने विश्वास दिलाउँदै उनले सबै ठाउँमा ऊर्जाका रुपमा जलविद्युत्को प्रयोग गर्न आग्रह गरिन् । स्वदेशी विद्युत् खपतलाई बढवा दिने उद्देश्यले आफूले मन्त्रालय संहालेपछि महशुल दरमा कमी गरेको उल्लेख गर्दै मन्त्री भुसालले भनिन्, “खास गरेर घरायसी प्रयोजनमा त्यस्तो निर्णय भएको छ । अब एलपी ग्यासको भन्दा विद्युतीय चुल्हो सस्तो हुन्छ ।”

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved