उर्जा उद्यमी भन्छन् '२ महिनापछि लोडसेडिङ सुरु हुन सक्छ' (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2021 | 01:57:16 PM मा प्रकाशित

laxmi  sunrise bank

उर्जा उद्यमीहरुले नेपालमा फेरी लोडसेडिङ सुरु हुन सक्ने बताएका छन् । हाल भारतबाट बिजुली ल्याएर नेपालको माग पुरा गरीइरहेको अवस्थामा भारत आफै उर्जा संकटसँग जुधिरहेकोले लोडसेडिङ हुन सक्ने आँकलन गरिएको छ । 

स्वतन्त्र उर्जा उत्पादक संघ इप्पानका उपाध्यक्ष गणेश कार्की २ महिना भित्र नै लोडसेडिङ देखिन सक्ने बताउछन् ।  उनी भन्छन् 'विगतका वर्षमा र अहिले पनि नेपालको माग पुरा गर्न भारतबाट बिजुली आयात गरिएको छ, तर भारत आफै उर्जा संकटसँग जुधेर २८ रुपैयाँ तिरेर बिजुली खरिद गरिरहेको छ, आफै संकटमा परेको बेलामा अब उसले नेपाललाई ५-१० रुपैयाँमा बिजुली दिदैंन' 

अहिले पनि नेपाललाई थप ७ सय देखि ८ सय युनिट बिजुली आवश्यक पर्ने उनको भनाई छ । अहिले पनि उद्योगहरुले माग अनुसारको बिजुली पाउँन नसकेको उनी बताउछन् । 

हेर्नुस भिडीयो : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved