छ्याङदी हाइड्रोको बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडियो, हकप्रदको अनुमति कुर्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2021 | 09:54:53 AM मा प्रकाशित

laxmi  sunrise bank

छ्याङदी हाइड्रोपावर लिमिटेडले उत्पादन गरेको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । कम्पनीले लमजुङको दोर्दी गाउँपालिका–७ र ८ को सिमानामा निर्माण गरेको माथिल्लो छ्याङदीखोला साना जलविद्युत् आयोजनाबाट उत्पादन भएको ४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो  ।

परिक्षण प्रक्रिया पुरा भई मंगलबार बिहानबाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको कम्पनीले जनाएको छ ।  विसं २०७७ साउनमा सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाको काम थालिएको भए पनि कोरोना सङ्क्रमणका कारण आयोजना एक वर्ष ढिला सकिएको कम्पनीले उल्लेख गरेको छ ।

 रु ८० करोड ३५ लाखको लागतमा बिजुली उत्पादन भएको प्रबद्र्धक कम्पनी छ्याङदी हाइड्रोपावरले जनाएको छ । सो आयोजनामा बैंक अफ काठमाडौँ र कुमारी बैंकको ७५ प्रतिशत ऋण रहेको छ । आयोजनाको बाँधस्थलबाट सर्जट्याङसम्म दुई हजार ८७४ मिटर हेडरेस र सर्जट्याङबाट एक हजार ३५६ मिटर पेनस्टक पाइपबाट विद्युत् गृहमा पानी फालिएको छ । यहाँबाट उत्पादित बिजुली उदिपुर सवस्टेशनमा जोडिएको छ ।

आयोजनाले २०७४ असार २२ गते नेपाल विद्युत् प्राधिकरणसँग पिपिए सम्झौता गरेको थियो । सो सम्झौता अनुसार बर्खायाममा प्रतियुनिट मूल्य चार रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा तोकिएको छ । 

कम्पनीले हकप्रद निष्काशनको तयारी गरिरहेको छ । हाल कम्पनीले ३० प्रतिशत हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ  । कम्पनीले बोर्डबाट हकप्रद निष्काशनको लागि अनुमति पाईसकेको छैन  । तर ३० प्रतिशत हकप्रदको लागि अनुमति नै नपाई कम्पनीले फेरी हकप्रद निष्काशन प्रस्ताव गरेको छ  । कम्पनीले ३० प्रतिशत हकप्रद निष्काशन पश्चात हुने चुक्ता पुंजी ३८ करोड ६९ लाखको ४० प्रतिशतले हुन आउने हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो  । दोस्रो हकप्रद पश्चात कम्पनीको चुक्ता पुंजी ५४ करोड १७ लाख पुग्ने छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved