नेपालको विद्युतिय ग्रिड सुधारको लागि एडिबिले ७ अर्ब दिने, शुक्रबार सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2021 | 03:48:07 PM मा प्रकाशित

laxmi  sunrise bank

एसियाली विकास बैंकले नेपालको विद्युतीकरणको लागि ६० मिलियन अर्थात ७ अर्ब ८ करोड सहुलियत ऋण प्रदान गर्ने भएको छ । बैंकले नेपालको विद्युतिय ग्रिड आधुनिकीकरण परियोजनाको लागि उक्त ऋण सहयोग प्रदान गर्ने भएको हो 

ऋण प्रदान गर्ने सम्झौतामा शुक्रबार अर्थ मन्त्रालयमा सम्झौता हुने भएको छ। सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ सचिव मधु कुमार मरासिनी तथा एसियाली विकास बैंकको तर्फबाट बैंकका नेपाल हेर्ने देशीय निर्देशक अर्नौद कौहोईसले  हस्ताक्षर गर्ने छन्। उनले आयोजना कार्यन्वयनको लागि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग आयोजना कार्यन्वयनको लागि पनि सम्झौतामा हस्ताक्षर गर्ने छन्   । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved