भक्तपुर-ठिमी १३२ केभी प्रसारण लाइनको तार भूमिगत गर्ने तयारी, यस्तो छ रुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2021 | 10:30:04 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले भक्तपुर-ठिमी १३२ केभी प्रसारण लाइन भूमिगत गर्ने भएको छ । प्राधिकरणले यसको लागि प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन तयारी गर्न लागेको छ ।

प्राधिकरणले प्रतिवेदनमा सल्लाह सुझाव दिन आग्रह गरेको छ । प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, साँस्कृतिक प्रणाली र आर्थिक प्रणालीबीच के-कस्तो प्रभाव पर्दछ भनी यकिन गर्न सो स्थानको न.पा. तथा त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति वा संस्थाको लिखित राय सुझाव लिन आवश्यक भएकोले ७ दिनभित्र लिखित राय सुझाव उपलब्ध गराउन प्राधिकरणले अनुरोध गरेको हो।

प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभागमा राय सुझाव पठाउन प्राधिकरणले आग्रह गरेको छ । यस आयोजनाले भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका वडा नम्बर १ र २, चाँगुनारायण नगरपालिकाको वडा नम्बर २ तथा मध्यपूर ठिमी नगरपालिकाको वडा नम्बर ५,६ र ९ प्रभावित हुन सक्ने बताईएको छ ।

यस्तो छ प्रसारणलाइनको रुट : 

भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. १, व्यासीस्थित विद्युत सवस्टेसनदेखि मध्यपुर थिमी नगरपालिकाको वडा नं. ६, थिमीमा स्तरोन्नति गरिने सवस्टेसनसम्म १३२ किलोभोल्ट क्षमताको डबल सर्किट भूमिगत विद्युत प्रसारण लाइन निर्माण गर्न लागिएको हो। प्रस्तावित प्रसारण लाइनको लम्बाइ ३ दशमलव २७ किलोमिटर रहेको छ । प्रस्तावित प्रसारण लाइन देको मिवा इटापाके जग्गा एकीकरण आयोजना, कासँगकुसँग खोलाको किनारवाट पुरानो सडक निस्किएर दुवाकोट जाने चोक, निकोसेरा हुँदै थिमी सवस्टेसनसम्म विद्यमान सडकमा डिलिङ वा ओपन कट ट्रेन्च खनेर विद्युतको केवल जमिन मुनिवाट लगिनेछ । प्रस्तावित लाइनमा ७ वटा ज्वाइन्ट्स पिटहरू रहनेछन् । केवल ट्रेन्च २ मिटर चौडा २ मिटर गहिरो हुनेछ । ज्वाइन्ट्स पिट ४ मिटर चौडा, ६ मिटर लामो र २ मिटर गहिरो हुनेछ । सवस्टेसन र भूमिगत विद्युत मार्गका लागि कुनै पनि प्रकारको जग्गा अधिग्रहण भने हुने छैन ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved