रसुवागढी हाइड्रोको सीइओमा गैह्रे नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2021 | 10:22:01 AM मा प्रकाशित

laxmi  sunrise bank

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा छविलाल गैह्रे नियुक्त भएका छन् । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले हाल निमित्त प्रमुख कार्यकारी अधिकृत रहेका गैह्रेलाई शुक्रबार देखि नै लागु हुने गरि २ वर्षको लागि कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । 

कम्पनीले १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ  । आयोजनाको मुख्य सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । सिभिल संरचना र हाइड्रोमेकानिकल उपकरणहरुको ठेकेदारले आफ्नो काम आगामी चैतभित्रमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । इलेक्ट्रोमेकानिकलको ठेकेदारका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो । इलेक्ट्रोेमेकानिकलका ९९ प्रतिशत उपकरणहरु आयोजनास्थलमा आइसकेका छन् भने अहिले जडान कार्य भइरहेको छ ।

‘आयोजनाको विद्युत निर्माणाधीन २२० केभीको चिलिमे हब सबस्टेसनमा जोडिने छ । चिलिमे  तथा त्रिसूली थ्री बी हब सबस्टेसन र चिलेमी–त्रिसूली थ्री बी हब सबस्टेसनको निर्माण आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यही प्रसारण लाइनमार्फत आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह हुने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved