चौधरी ग्रुपको सोलार आयोजनाको लाइसेन्स खारेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2021 | 09:11:58 AM मा प्रकाशित

ntc

चौधरी ग्रुपको सोलार आयोजनाको लाइसेन्स खारेज भएको छ । उर्जा मन्त्रालयको सचिव स्तरीय निर्णयले चौधरी ग्रुप इन्फ्रास्ट्रकचर प्रालिको नाममा  रहेको सौर्य पीभी विद्युत आयोजनाको लाइसेन्स खारेज गरेको हो । 

कम्पनीले महोत्तरीमा १२० मेगावाटको उक्त आयोजना संचालन गर्न सर्वेक्षण अनुमति पत्र लिएकोमा नवीकरण नगरेको भन्दै लाईसेन्स नै खारेज गरिएको विद्युत विकास विभागले जनाएको छ। अनुमतिपत्र नवीकरणको लागि तोकिएको समयमा नवीकरणको लागि आवेदन नदिएको र कोभिडको कारण थप गरिएको समयमा पनि निवेदन नआएको विभागले जनाएको छ 

विभागद्वारा कम्पनीलाई पठाईएको सूचनामा भनिएको छ 'प्रस्तुत विषयमा सौर्य PV विद्युत आयोजना, महोत्तरी(१२० मे.वा.)को विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्रको बहाल अवधि भित्र एवं कोभिड-१९ को कारण प्रदान भएको २०७८ असार मसान्त सम्म पनि नवीकरणको लागि (वा उत्पादन अनुमतिपत्रको लागि ) कुनै निवेदन प्राप्त नभएकोले प्रस्तुत आयोजनाको सर्वेक्षण अनुमतिपत्र (वि.वि.वि ०७५/७६ वि.उ.स. १०५८) रद्द भएको व्यहोरा श्री उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय (सचिवस्तर)को मिति २०७८/०५/२२ को निर्णयानुसार अनुरोध छ ।'

चौधरी ग्रुप अन्तर्गत सन् २००६ मा चौधरी ग्रुप इन्फ्रास्ट्रकचर प्रालि स्थापना भएको थियो 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved