एनएमबि बैंकको अगुवाईमा २ वटा हाइड्रोमा ३ अर्ब ५६ करोड लगानी सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2021 | 01:23:38 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले १३.५ मेगावाट तथा १२ मेगावाटका क्रमश सुपर कावेली खोला – ए जलविद्युत आयोजना तथा सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजनाहरुको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । प्रदेश १ अन्तर्गत ताप्लेजुङ्ग जिल्लामा रहेको सिरीजङ्घा गाउँपालिकामा निर्माण भईरहेको सुपर कावेली खोला – ए जलविद्युत आयोजना तथा सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजनाहरु क्रमश स्नो रिभर्स प्रा. लि. तथा हिल्टन हाइड्रो इनर्जी प्रा. लि. द्घारा निर्माण भइरहेको हो ।

यस आयोजनाहरुमा एनएमबि बैंक लि. अगुवा बैंक रहेको छ भने सह—वित्तीयकरणमा सहभागी अन्य बैंकमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेको छ । १३.५ मेगावाट (सुपर कावेली खोला – ए जलविद्युत आयोजना) तथा १२ मेगावाट (सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजना) क्षमता भएको आयोजनाहरुको कुल लागत क्रमश रु २ अर्ब ४१ करोड तथा रु. २ अर्ब १४ करोड रहेको छ जसमध्ये बैकहरुको लगानी क्रमश रु. १ अर्ब ८९ करोड तथा रु. १ अर्ब ६७ करोड रहने छ । यो आयोजनासमेत एनएमबि बैंक लि.ले कुल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।   

 एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved