गोल्यान ग्रुपको सोलार आयोजनाको पिपिए सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2021 | 03:26:21 PM मा प्रकाशित

laxmi  sunrise bank

गोल्यान ग्रुप अन्तर्गतको पिओर इनर्जी प्रालिले निर्माण गरिरहेको सोलार पावर आयोजनाको विद्युत खरीद सम्झौता (पिपिए) सम्पन्न भएको । सम्झौतामा कम्पनीको तर्फबाट अध्यक्ष अक्षय गोल्यान र नेपाल विद्युत प्राधिकरणको तर्फबाट उपकार्यकारी निर्देशक प्रदिप थिकेले हस्ताक्षर गरेका छन्।

पिओर इनर्जी प्रालिले बाँकेको नेपालगंजमा निर्माण गर्ने १० मेगावाट क्षमताको २ आयोजनाको पिपिए भएको हो।  आयोजनाबाट १०-१० मिलियन किलोवाट प्रति घण्टा बिजुली उत्पादन हुने छ।  दुवै आयोजनाले वार्षिक कुल ४० मिलियन किलोवाट प्रति घण्टा बिजुली उत्पादन गर्ने छ । 

यस सोलार आयोजना बाहेक गोल्यान ग्रुपले विभिन्न ९ वटा जलविद्युत आयोजनामा संलग्न छ। ति ९ वटा जलविद्युत आयोजनाको कुल उत्पादन क्षमता ९३१ मेगावट रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved