निजि क्षेत्रबाट भारतलाई ५०० मेगावाट विद्युत बिक्रि गर्ने सम्झौता, प्राधिकरणको एकाधिकार तोडिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2022 | 09:03:55 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको निजि क्षेत्रबाट नै भारतलाई तत्काल ५ सय मेगावाट विद्युत बिक्रि गर्नको लागि सम्झौता भएको छ । सोमबार आयोजित पावर मार्केट सम्मिटमा उर्जामन्त्री पम्फा भुषालको उपस्थितिमा नेपालको नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेप्सेक्स) र भारतको मनिकरण पावर लिमिटेडबीच सम्झौतामा हस्ताक्षर भएको हो । 

सम्झौतामा नेप्पेक्सको तर्फबाट प्रबन्ध निर्देशक आशिष गर्ग र मनिकरणको तर्फबाट नवाजित नवजित कल्सीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नेपेक्सले मनिकरणलाई तत्काल ५०० मेगावाट विद्युत बिक्रि गर्ने छ । त्यस्तै मनिकरणले नेप्सेक्समा १५ प्रतिशत शेयर लगानी पनि गर्ने छ । हाल नेप्सेक्सको अधिकृत पूँजी दुई अर्ब, र चुक्ता पूँजी २० करोड रुपैयाँ छ ।त्यस्तै भविष्यमा थप विद्युत ब्यापारको सम्भावना अध्ययन गर्ने , नेप्सेक्सको  क्षमता अभिवृद्धि गर्ने  लगायतका कार्य मनिकरणले गर्ने छ 

बर्खामा खेर गएको बिजुलीलाई बिक्रि गर्ने गरि सम्झौता भएको हो । सोहि कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत वर्षको बर्खामा दैनिक ५ सय देखि ७ सय मेगावाटसम्म बिजुली खेर गएको बताएका थिए । झन्डै ४ महिनासम्म दैनिक ५० करोड युनिट विजुली खेर गएको र प्रति युनिट ५ रुपैयाँको दरले हिसाब गर्दा पनि ५ अर्बको बिजुली खेर गएको उनको भनाई थियो

वर्खामा खेर जाने विद्युतलाई नेपेक्सले मनिकरणलाई बिक्रि गर्ने भएको हो । हालसम्म सरकारले निजि क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिएको छैन । यद्यपि उर्जा मन्त्री पम्फा भुषालले लाईसेन्स दिन सकारात्मक रहेको बताएकी छैन । लाईसेन्स पाएपछि मात्र नेप्सेक्सले विद्युत विक्री गर्न सक्ने छ । कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भारत संगै निजि क्षेत्रले पिपिए गरे राम्रो हुने बताएका थिए । यस संगै सरकारले अनुमति दिएपछि आयोजनाहरुलाई सोझै भारतसँग पिपिए गर्ने बाटो खुल्ने छ । हाल प्राधिकरणले आरओआर प्रकृतिका आयोजनाहरुको पिपिए नै बन्द गरेको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको लगानीमा नेपेक्स स्थापना भएको हो । 

नेपालबाट  भारतले १५ हजार मेगावाट र बंगलादेशले १० हजार मेगावाट विद्युत खरीद गर्ने इच्छा जनाईसकेका छन् ।  विद्युत बिक्रिका लागि हाल भईरहेका प्रसारण लाइन व्हिलिङ चार्च दिएर प्रयोग गर्ने र सरकारले अनुमति दिएमा आफै प्रसारण लाइन बनाउने योजना पनि नेपेक्सको छ  नेप्सेक्सले भारतलाई विद्युत बिक्रि थालेमा विद्युत ब्यापारमा पहिलो पटक निजि क्षेत्र प्रवेश भई नेपाल विद्युतप्राधिकरणको एकाधिकार तोडिने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved