भारतलाई विद्युत बिक्रि गर्ने सम्झौता गरेको नेपेक्समा नयाँ संचालक समिति चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2022 | 09:35:45 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेप्सेक्स) मा नयाँ संचालक समिति चयन भएको छ। कम्पनीको सोमबार सम्पन्न साधारणसभाले सर्वसम्मत रुपमा नयाँ संचालक समिति चयन गरेको हो। 

कम्पनीको संचालकहरुमा शैलेन्द्र गुरागाईँ, कृष्ण आचार्य, उत्तम ब्लोन , आशिष गर्ग र उत्तर कुमार श्रेष्ठ सर्वसम्मत चयन भएका हुन्। गुरागाईँ र गर्ग अघि पनि संचालक समिति मै थिए । उत्तर कुमार श्रेष्ठ बुटवल पावर कम्पनीका सीईओ हुन्  अब कम्पनीको पहिलो संचालक समितिको बैठकले अध्यक्ष चयन गर्ने छ 

कम्पनीले सोमबार नै विजुली बिक्रिको लागि भारतको निजि कम्पनीसँग सम्झौता गरेको छ । सोमबार आयोजित पावर मार्केट सम्मिटमा उर्जामन्त्री पम्फा भुषालको उपस्थितिमा नेपालको नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेप्सेक्स) र भारतको मनिकरण पावर लिमिटेडबीच सम्झौतामा हस्ताक्षर भएको हो । 

सम्झौतामा नेप्पेक्सको तर्फबाट प्रबन्ध निर्देशक आशिष गर्ग र मनिकरणको तर्फबाट नवजित सिंह कल्सीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नेपेक्सले मनिकरणलाई तत्काल ५०० मेगावाट विद्युत बिक्रि गर्ने छ । त्यस्तै मनिकरणले नेप्सेक्समा १५ प्रतिशत शेयर लगानी पनि गर्ने छ । हाल नेप्सेक्सको अधिकृत पूँजी दुई अर्ब, र चुक्ता पूँजी २० करोड रुपैयाँ छ ।त्यस्तै भविष्यमा थप विद्युत ब्यापारको सम्भावना अध्ययन गर्ने , नेप्सेक्सको  क्षमता अभिवृद्धि गर्ने  लगायतका कार्य मनिकरणले गर्ने छ ।

बर्खामा खेर गएको बिजुलीलाई बिक्रि गर्ने गरि सम्झौता भएको हो । सोहि कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत वर्षको बर्खामा दैनिक ५ सय देखि ७ सय मेगावाटसम्म बिजुली खेर गएको बताएका थिए । झन्डै ४ महिनासम्म दैनिक ५० करोड युनिट विजुली खेर गएको र प्रति युनिट ५ रुपैयाँको दरले हिसाब गर्दा पनि ५ अर्बको बिजुली खेर गएको उनको भनाई थियो।

वर्खामा खेर जाने विद्युतलाई नेपेक्सले मनिकरणलाई बिक्रि गर्ने भएको हो । हालसम्म सरकारले निजि क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिएको छैन । यद्यपि उर्जा मन्त्री पम्फा भुषालले लाईसेन्स दिन सकारात्मक रहेको बताएकी छैन । लाईसेन्स पाएपछि मात्र नेप्सेक्सले विद्युत विक्री गर्न सक्ने छ । कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भारत संगै निजि क्षेत्रले पिपिए गरे राम्रो हुने बताएका थिए । यस संगै सरकारले अनुमति दिएपछि आयोजनाहरुलाई सोझै भारतसँग पिपिए गर्ने बाटो खुल्ने छ । हाल प्राधिकरणले आरओआर प्रकृतिका आयोजनाहरुको पिपिए नै बन्द गरेको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको लगानीमा नेपेक्स स्थापना भएको हो । 

नेपालबाट  भारतले १५ हजार मेगावाट र बंगलादेशले १० हजार मेगावाट विद्युत खरीद गर्ने इच्छा जनाईसकेका छन् ।  विद्युत बिक्रिका लागि हाल भईरहेका प्रसारण लाइन व्हिलिङ चार्च दिएर प्रयोग गर्ने र सरकारले अनुमति दिएमा आफै प्रसारण लाइन बनाउने योजना पनि नेपेक्सको छ । नेप्सेक्सले भारतलाई विद्युत बिक्रि थालेमा विद्युत ब्यापारमा पहिलो पटक निजि क्षेत्र प्रवेश भई नेपाल विद्युतप्राधिकरणको एकाधिकार तोडिने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved