विद्युत नियमन आयोगका सदस्य डंगोलले लिए सपथ, पाए आधा दर्जन जिम्मेवारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2022 | 02:52:08 PM मा प्रकाशित

laxmi  sunrise bank

विद्युत नियमन आयोगका नवनियुक्त सदस्य गौतम डंगोलले पद तथा गोपनियताको सपथ लिएका छन्। नियमन आयोगमा आज आयोजित कार्यक्रममा उनले आयोगका अध्यक्ष डिल्ली बहादुर सिंह समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन्।

आयोगका तत्कालिन सदस्य रामकृष्ण खतिवडाले २०७७ असार १ गते राजिनामा दिएपछि रहेको रिक्त पदमा नेपाल सरकारले २०७८ चैत्र ६ गते डंगोललाई नियुक्त गरेको हो।

नवनियुक्त डंगोललाई आयोगले निम्न जिम्मेवारी दिएको छ ।

१) महसुल दर निर्धारण गर्ने तथा विपुत खरिद विक्रीको नियमन गर्ने सम्बन्धमा देहाय बमोजिमको कार्य गर्ने/गराउने

क) सचालन खर्च. हास कट्टी दर, सावा व्याजको भूक्तानी, मर्मत खर्च, विपुत संरचनाको निर्माण, पुननिर्माण, पुनरस्थापना तथा शेयर लगानी वापत वार्षिक रूपमा प्राप्त हुने प्रतिफल लगायत विद्युत खरिद संझौता समेतलाई विचार गरी विद्युत महसुल दर निर्धारणका शर्त तथा आधार निर्धारण गरी त्यसको आधारमा उपभोक्ताले बुझाउनु पर्ने महसुल निर्धारण गर्ने/गराउने,

ख) विद्युत खरिद विकीको थोक बजार स्थापना नभएसम्म वितरण अनुमति पत्र प्राप्त व्यक्ति र उत्पादन अनुमतिपत्र प्राप्त व्यक्ति वा प्रचलित कानून बमोजिम नेपाल सरकारले स्थापना गरेका संगठित संस्थाबीच हुने विद्युत खरिद विकी दर र प्रक्रिया निर्धारण गर्ने/गराउने,

ग) उत्पादित विद्युत खरिद बिक्री गर्न अनुमतिपत्र प्राप्त व्यक्तिहरू विच विद्युत खरिद बिकी सम्झौता गर्न सहमति दिने कार्य गर्ने/गराउने,

घ) विद्युत मुल्यको लागत न्यूनतम बनाउन आवश्यक उपायको पहिचान गरी लागू गर्ने गराउने,

ङ) प्रसारण तथा वितरण दस्तुर (व्हिलिड चार्ज) निर्धारण गर्ने/गराउने,

च) विशेष परिस्थितीमा विद्युत सेवासंग सम्बन्धित विषयमा निश्चित समयको लागि विद्युत महसुलमा अतिरिक्त महसुल (सरचार्ज) निर्धारण गर्ने/गराउने,

छ) विद्युतको योक बजारका लागि खरिद बिक्री प्रक्रिया निर्धारण गर्ने/गराउने,

ज) विद्युत सेवाको आन्तरिक माग तथा आपुर्तिको लागि न्यूनतम लागत विस्तार कार्य योजना बनाई कार्यान्वयन गर्ने/गराउने,

२) अनुमतिपत्र प्राप्त व्यक्तिहरू आपसमा गाभिन (मर्जर), आपसमा मिन्न, एक्लै वा आफ्नो सहायक कम्पनीसंग मिली त्यस्तो व्यक्ति रहेको कम्पनीको पचास प्रतिशत वा त्यसभन्दा बढी शेयर खरिद गर्न, संरचनाको खरिद बिक्री (सेल अफ प्लान्ट) प्राप्ती (एक्वीजिसन वा ग्रहण (टेक ओभर) गर्नको लागि आवश्यक मापदण्ड बनाई कार्यान्वयन गर्ने/गराउने,

३) अनुमतिपत्र प्राप्त व्यक्तिहरू आपसमा गाभिन, संचरनाको खरिद बिक्री (सेल अफ प्लान्ट) तथा प्राप्ती (एक्वीजिसन। वा ग्रहण (टर अोभर) गर्न सहमति दिने कार्य गर्ने/गराउने,

४) विद्युतको व्यापार गर्दा पालना गर्नु पर्ने शर्तहरु तोक्ने तथा त्यसको नियमितरूपमा अनुगमन गर्ने/गराउने,

५) आयोगको लेखा, वित्तिय स्रोत व्यवस्थापन तथा स्रोत परिचालन सम्बन्धी सम्पुर्ण कार्य गर्ने/गराउने,

६) आवश्यकता र औचित्यको आधारमा अन्य कार्य गर्ने/गराउने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved