

बिद्युत नियमन आयोगले रैरांग हाइड्रोपावर कम्पनी लिमिटेड र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलाई अन्तत: मर्जरको लागि स्वीकृति दिएको छ।
बिद्युत नियमन आयोगको बैशाख १९ गतेको बैठकले दुवै हाइड्रोपावर कम्पनीलाई एक आपसमा गाभिनलाई अनुमति दिएको हो।
मर्जर पश्चात बन्ने संस्थाको चुक्तापुंजी १ अर्ब १४ करोड ५५ लाख ५८ हजार हुनेछ।
दुवै कम्पनीले गत कात्तिक १७, २०७८ मा एक आपसमा गाभ्ने गाभिनेबारे सहमति गरेका थिए। दुवै कम्पनीले मर्जर का लागि एउटा संयुक्त मर्जर कमिटि समेत गठन गरेको छ।
मर्जरमा जाने निर्णयका कारण दुवै हाइड्रोको सेयर कारोबार दोस्रो बजारमा रोकिएको छ। अन्तिम कारोबार मितिमा रैरांगको सेयर प्रति कित्ता ५६३ रुपैयाँ १० पैसामा कारोबार भएको थियो भने रिडीकोको ८३८ रुपैयाँमा कारोबार भएको थियो।
रैराङले गत आर्थिक बर्ष १२.६ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) दिएको छ। कात्तिक १७ गतेको साधारणसभाको लागि कात्तिक ४ गते बुक क्लोज गरेकाले कात्तिक ३ गतेसम्म कायम सेयरधनीले मात्र उक्त लाभांश प्राप्त गर्नेछन।