ऊर्जा क्षेत्रमा सहकार्य गर्न बंगलादेशलाई नेपाल चेम्बर अफ कमर्सको प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2022 | 01:19:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सले ऊर्जा क्षेत्रमा सहकार्य गर्न बंगलादेश समक्ष प्रस्ताव गरेको छ । नेपाल छिट्टै विद्युत निर्यात गर्न सक्ने हैसियतमा पुग्न लागेको सन्र्दभमा बंगलादेशसंग विद्युत व्यापारका लागि चेम्बरले आग्रह गरेको हो । 

नेपाल बंगलादेशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा काठमाडौंस्थित बंगलादेशी दुतावासमा शुक्रबार आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले नेपाल, भारत र बंगलादेशबीच भएको विद्युत व्यापार सम्वन्धी त्रिपक्षी सम्झौताको व्यवहारिक कार्यन्वयन हुनुपर्नेमा जोड दिए ।

नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धिन नोमान चोधुरीसंग अध्यक्ष मल्लले भने, ‘नेपाल, भारत र बंगलादेशबीच ऊर्जा व्यापारका लागि त्रिपक्षीय सम्झौता भएको छ । यसको प्रभावकारी कार्यन्वयनका लागि तीन देशका ऊर्जामन्त्रीबीच तत्काल परिणाममुखी बार्ता गर्न आवश्यक छ । हामी निजी क्षत्रबाट पहल गर्छौं । बंगलादेशको सरकारबाट पनि यसको पहल होस् । नेपाल बंगलादेशलाई विद्युत बेच्न तयारी अवस्थामा छ ।’

नेपाल कम्तिमा अबको १ वर्षपछि विद्युत निर्यात गर्न सक्ने हैसियतमा पुग्ने अध्यक्ष मल्लको भनाई छ । भारतमा हालकै ट्रान्समिसन लाईनबाट कम्तिमा ५० मेवागट विद्युत निर्यातका लागि तयारी गर्न सकिने र अन्य सेवा सर्तका लागि तीन वटै मुलुकले गृहकार्य गर्नुपर्ने अध्यक्ष मल्लले बताए ।

बंगलादेशमा ऊर्जाको माग उच्च रहेको सन्र्दभमा नेपालबाट निर्यात गर्ने विभिन्न विकल्पमा दुई पक्षीय छलफल भएको थियो । नेपाल, बंगलादेश र भारतबीच ऊर्जा व्यापार सम्वन्धी सम्झौता भएपनि यसको व्यवहारिक कार्यन्वयन हुन सकेको छैन ।

चेम्बर अध्यक्ष मल्ले विद्युत व्यापारको सहजिकरणसंगै नेपालमा जलविद्युतमा लगानी गर्न बंगलादेशका राजदूत चोधुरीसंग आग्रह गरे । यस्तै नेपालमा साना तथा मझौला उद्योगमा समेत लगानीका लागि नेपाल खुला रहेको र लगानी सुरक्षणका लागि सरकारसंग आफुहरुले पहल गर्ने अध्यक्ष मल्लले बताए । नेपाल चेम्बर अफ कमर्सले आगामी असारमा गर्न लागेको चेम्बर मेलामा बंगलादेश मुख्य साझेदार रहेको छ । 

नेपालका लागि राजदूत चोधुरीले नेपालमा उत्पादिन विद्युत किन्नका लागि बंगलादेश तयार रहेको बताए । 

उनले भने ‘अबको केही देशक भित्रै बंगलादेशले ग्रिन इनर्जीलाई प्रोत्साहन गर्ने छ । सोही अनुसार हाम्रा प्राथमिकताहरु, योजनाहरु बनिरहेका छन् । नेपालको विद्युत खरिद गर्नका लागि हामी आतुर छौं ।’

भारतको बाटो भएर विद्युत खरिद गर्नका लागि आवश्यक प्रक्रिया तत्काल शुरु गर्न आफ्नो देशको सरकारसमक्ष पहल गर्ने राजदूत चोधुरीले बताए । यद्यपी अन्य क्षेत्रमा लगानीका लागि नीतिगत सुधारको अपेक्षा गरिएको उनको भनाई छ । नेपालसंग लगानी सुरक्षण सम्वन्धी छुट्टै सम्झौता गर्न पहल गरेपनि परिणाम हासिल हुन नसकेको बताए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved