रुरु हाइड्रोले थप २ वटा जलविद्युत आयोजनामा लगानी गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2022 | 11:42:43 AM मा प्रकाशित

laxmi  sunrise bank

रुरु जलविद्युत परियोजना लिमिटेडमा २ वटा जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । कम्पनीको असार १५ गते बसेको संचालक समितिको बैठकले मेवा डेभलपर्स लिमिटेडद्वारा २ वटा आयोजनामा लगानी गर्ने निर्णय गरेको हो 

कम्पनीले मेवा डेभलपर्स लिमिटेडद्वारा प्रबर्दित मिडल मेवा हाइड्रोपावर आयोजना र सिवा खोला हाइड्रोपावर आयोजनामा ५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो । 

मिडल मेवा हाइड्रोपावर आयोजना ताप्लेजुङमा अवस्थित छ। यो ७३.५ मेगावाटको आयोजना हो । त्यस्तै  सिवा खोला हाइड्रोपावर आयोजना ९.३ मेगावाटको आयोजना हो। यो आयोजना पनि ताप्लेजुङमा रहेको छ । दुवै आयोजना ताप्लेजुङको मेरिङ देन गाउँपालिकामा रहेको मिख्वा खोलामा निर्माणाधीन आयोजना हुन् ।  

दुवै आयोजना उर्जा डेभलपर्स अन्तर्गत रहेका छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved