सुपर हेवा पावर बन्यो पब्लिक कम्पनी, आईपिओमा जाने बाटो खुल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2022 | 09:42:21 AM मा प्रकाशित

laxmi  sunrise bank

सुपर हेवा पावर कम्पनी प्रालि पब्लिकमा परिणत भएको छ । कम्पनी रजिष्टर्ड कार्यालयमा २०६७/८/७ गते प्रालिको रुपमा दर्ता भएको सुपर हेवा पावर कम्पनी पब्लिकमा परिणत भएको हो 

कम्पनी रजिष्ट्रार कार्यालयको २०७९/३/३० को निर्णय अनुसार उक्त कम्पनी पब्लिकमा परिणत भएको हो । कम्पनी ऐन २०६३ मा 'प्राइभेट कम्पनीको साधारण सभाले विशेष प्रस्ताव पारित गरी सो कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गर्ने निर्णय गरेमा' कम्पनी पब्लिक हुन सक्ने ब्यबस्था छ । सोहि ब्यबस्था अनुसार सुपर हेवा पावर पब्लिक कम्पनी बनेको हो 

कम्पनीले संखुवासभाको हेवा खोलामा ५ मेगावाटको सुपर हेवा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । पब्लिकमा परिणत भएसंगै कम्पनीलाई आईपिओ निष्काशनको बाटो खुलेको छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved