मध्य मेवा जलविद्युत आयोजनाको भूमिगत विद्युत गृहको क्याभन खन्ने कार्य सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2022 | 09:06:08 AM मा प्रकाशित

laxmi  sunrise bank

उर्जा डेभलपर्सको सम्बद्ध संस्था मेवा डेभलपर्स लिमिटेडद्वारा ताप्लेजुङ्गमा निर्माण भइरहेको मध्य मेवा जलविद्युत आयोजना (७३.५ मे.वा) को भूमिगत विद्युत गृहको क्याभन (Cavern) खन्ने कार्य सम्पन्न भएको छ । ६१.५ मिटर लम्बाई, १५ मिटर चौडाई, २७ मिटर उचाई भएको उक्त क्याभन खन्ने कार्य ९ महिनाभन्दा कम समयमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

सो क्याभनमा विद्युत गृह निर्माण गरी जर्मन प्रविधिबाट निर्माण गरिएका २४.५ मे.वा. क्षमताका तीनवटा टर्वाइनहरु जडान गरिने कम्पनीले उल्लेख गरेको छ। साथै, आयोजनाका सिभिल, हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल, प्रसारण लाइन लगायतका कार्यहरु समेत द्रुत गतिमा भइरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सुख्खायाममा समेत ७३.५ मे.वा. पूर्ण क्षमतामा दैनिक ६ घण्टा पिकिङ्ग उर्जा उत्पादन गर्न सकिने यस आयोजनाको निर्माण सम्पन्न भएपश्चात वार्षिक ४३६.०८ गिगावाट–घण्टा विद्युतीय उर्जा राष्ट्रिय प्रणालीमा योगदान गर्नेछ । 

भुमिगत विद्युत गृहको क्याभन निर्माण सम्पन्न भएको अवसरमा आयोजित समारोहमा बोल्दै कम्पनीका अध्यक्ष विजय बहादुर राजभण्डारीले  भूमिगत विद्युत गृहको क्याभन खन्ने कार्य चूनौतीपूर्ण भएको उल्लेख गर्दै सो कार्य सम्पन्न गर्नका लागि योगदान पु¥याउने डेभलपर्स, ठेकेदार, परामर्शदाता, कम्पनीका सम्पूर्ण कर्मचारीहरु लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पु¥याउनु हुने सबैलाई धन्यवाद ज्ञापन गरेका छन्। यस किसिमकोे विद्युत गृह नेपालमा भएका थोरै भूमिगत विद्युत गृहमध्ये एक रहेको उनले बताए । 

कम्पनीका प्रबन्ध सञ्चालक भानु पोखरेलले भूमिगत विद्युत गृहको क्याभन खन्ने कार्य आफैमा जटिल भएको र सो कार्य सफलतापूर्वक सम्पन्न हुनुले आयोजनाका बाँकी कार्यहरु निर्धारित समयमै सम्पन्न गर्नका लागि थप उत्साह बढाएको बताए । आयोजनाको निर्माण व्यापारिक उत्पादन आरम्भ गर्नुपर्ने मिति  मार्च २०२४ भित्रै सम्पन्न हुने गरी सम्पूर्ण कार्यहरु भइरहेको उनले बताए । 

मेवा डेभलपर्सले आगामी वर्ष साधारण शेयर आईपिओ निष्काशन गर्ने तयारी समेत गरिरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved