कुलमानकै गृह जिल्लाका जनता प्राधिकरणको लापरबाहीका कारण हैरान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2022 | 03:43:15 PM मा प्रकाशित

laxmi  sunrise bank

रामेछापका जनता विद्युत् प्राधिकरणको लापरबाहीका कारण हैरान भएका छन् ।

विद्युत् प्राधिकरणले विद्युत् सेवा नियमित गर्न नसक्दा रामेछाप बासी हैरान भएका हुन् । नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङको गृह जिल्ला समेत रहेको रामेछापमा दैनिक बारम्बार बिजुलीको आपुर्तिमा समस्या भइरहेको छ । 

सेवा गुणस्तर सुधारको लागि स्थानीयले बारम्बार विद्युत् प्राधिकरणको मन्थलीस्थित वितरण केन्द्रमा धर्ना दिनेदेखि कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर ध्यानाकर्षण गराएको भएपनि सेवामा सुधार आएको छैन । जिल्लाका ग्रामीण क्षेत्रमा मात्र नभई सदरमुकाम मन्थली बजारमै पनि हरेक दिन पटक पटक विद्युत् आउने जाने हुने गरेको छ ।

विद्युत् सेवामा अनियमितता हुँदा उपभोक्ताले सास्ती र समस्या भोग्नु परेका भन्दै मानव अधिकार संरक्षण सञ्जाल रामेछापले नेपाल विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराएको छ । सञ्जालले सोमबार एक विज्ञप्ती जारी गरी रामेछापमा विद्युत् आपूर्तिमा लामो समयदेखि समस्या देखिएको भन्दै तत्काल यो समस्या समाधान गर्न माग गरेको छ ।

सञ्जालका संयोजक पाण्डव प्रसाइँले ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै बारम्बार विद्युत् जाने तथा लामो समयसम्म विद्युत् आपूर्तिमा अवरोध हुने समस्या समाधानका लागि प्राधिकरणको रामेछाप वितरण केन्द्रले हालसम्म कुनै ध्यान नदिएको जनाएका छन् । 

 ‘बारम्बार विद्युत् आउने जाने हुँदा विद्युतीय उपकरण बिग्रिएर सर्वसाधारणको ठुला क्षति भएको छ, त्यस्तै  होटेल, उद्योग, व्यवसाय समेत लगातार विद्युत् आपूर्ति नहुँदा समस्यामा परेका छन्, सेवाग्राहीले सेवा प्रदायक निकायमा सेवा लिन पर्खनु पर्ने अवस्था सिर्जना भएको छ’, ध्यानाकर्षण पत्रमा भनिएको छ ।

यसअघि पनि यस विषयमा सञ्जालले कार्यालयमा नै गएर ध्यानाकर्षण गराएको स्मरण पनि सञ्जालले गरेको छ । विभिन्न नागरिक संस्था तथा उपभोक्ताले बारम्बार कार्यालयमै गएर धर्ना दिँदा पनि सेवामा सुधार आउन नसक्दा उपभोक्ताले हैरानी खेप्नु परेको सञ्जालले जनाएको छ । 

ध्यानाकर्षण पत्र:

                                                                                  मानव अधिकार संरक्षण सञ्जाल  

रामेछाप

मिति २०७९ भदौ २७ गते

ध्यानाकर्षण पत्र

 

मानव अधिकार संरक्षण सञ्जाल रामेछाप मानव अधिकार  र सामाजिक न्यायको क्षेत्रमा आवाज उठाउने रामेछापको नागरिक सञ्जाल हो । जिल्लामा मानव अधिकार तथा नागरिक सरोकारका विषयमा काम गर्ने विभिन्न संस्था तथा  व्यक्ति आबद्ध यस सञ्जालले मानव अधिकार र नागरिकका समस्या विषयमा निरन्तर आवाज उठाउने तथा समस्या समाधानमा सरोकारवालासँग सहकार्य गदै आएको कुरा यहाँहरूमा अवगत नै छ ।

 

रामेछाप जिल्लामा केही समय यतादेखि विद्युत् आपूर्तिमा अनियमितताको समस्या नियमित समस्या जस्तै बनेको छ । बारम्बार विद्युत् जाने, लामो समसम्म विद्युत् आपूर्तिमा अवरोध हुँदा पनि समस्या समाधान गर्ने कुरामा नेपाल विद्युत् प्राधिकरण मन्थली वितरण शाखाको ध्यान नगएको प्रति मानव अधिकार संरक्षण सञ्जाल रामेछापको गम्भीर ध्यानाकर्षण भएको छ ।

 

विद्युत् आपूर्तिमा समस्या आउँदा विद्युतीय सेवाका अधिकाँश काम अवरुद्ध हुने अवस्था छ । बारम्बार विद्युत् आउने जाने हुँदा विद्युतीय उपकरण बिग्रिएर सर्वसाधारणको ठुला क्षति भएको छ । त्यस्तै  होटेल, उद्योग, व्यवसाय समेत लगातार विद्युत् आपूर्ति नहुँदा समस्यामा परेका छन् । सेवाग्राहीले सेवा प्रदायक निकायमा सेवा लिन पर्खनु पर्ने अवस्था सिर्जना भएको छ ।

 

यस अघि पनि  यस विषयमा सञ्जालले कार्यालयमा नै गएर ध्यानाकर्षण गराएको थियो । त्यस्तै विभिन्न नागरिक संस्था तथा उपभोक्ताले समेत बारम्बार कार्यालयमा गएर धर्ना दिने सम्मका कार्य गरिरहेका छन् । तर सेवामा खासै सुधार आउन नसक्दा उपभोक्ताले हैरानी खेप्नु परेको छ । विद्युतमा आएको समस्या तत्काल समाधान गरी नियमित विद्युत् आपूर्तिको व्यवस्था मिलाउन मानव अधिकार संरक्षण सञ्जाल रामेछाप जोडदार माग गर्दछ ।


पाण्डव प्रसाईँ

संयोजक 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved