अर्थमन्त्रीले दोहोर्याएर भने, ‘म बिजुली निर्यातको पक्षमा छैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2022 | 01:47:17 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले आफू बिजुली निर्यातको पक्षधर नभएको दोहोर्याएका छन् । यसअघि पनि एक कार्यक्रममा आफू बिजुली निर्यात गर्नुपर्छ भन्ने पक्षमा नरहेको बताएका अर्थमन्त्री शर्माले आज नाडाले आयोजना गरेको ईभी एक्सपोको उद्घाटनमा पनि यो कुरा दोहोर्याएका हुन् । 

नाडा अटोमोबाइल्स एसोसियनस अफ नेपालले नेपालमै पहिलोपटक आयोजना गरेको नाडा ईभी एक्सपोको उद्घाटन कार्यक्रममा अर्थमन्त्री शर्माले विद्युत निर्यात गर्ने नभई विद्युतको खपत बढाउनुपर्ने बताएका हुन् । उनले बिजुली प्रयोग गरेर उत्पादन गरिएका बस्तुको निर्यात गर्नुपर्नेमा जोड दिए । 

‘अहिले बिजुलीको निर्यात बढिरहेको छ, तर म विद्युत निर्यातको पक्षधर होइन’ उनले भने, ‘खपत बढाउने हो, विद्युतबाट उत्पादित बस्तुको निर्यात बढाउने हो ।’

उनले अब नेपालको युग सुरु भएको दाबी गर्दै बिजुलीबाटै प्राकृतिक स्रोत र साधनको उपयोग गरेर हाइड्रोजनसमेत उत्पादन गर्न सकिने बताए । अर्थमन्त्री शर्माले यसरी उत्पादन गरिने हाइड्रोजन विश्व बजारमा प्रतिस्पर्धी हुने दाबी पनि गरे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved