भारतीय कम्पनी एनएचपीसीले माग्यो पश्चिम सेती आयोजनाको सर्भे लाईसेन्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2022 | 08:47:15 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय कम्पनी एनएचपिसी लिमिटेडले ७५० मेगावाट क्षमताको पश्चिम सेती आयोजनाको सर्भे लाईसेन्स माग गर्दै लगानी बोर्डमा आवेदन दिएको छ । कम्पनीले हिजो मंगलबार लगानी बोर्डका प्रमुख अधिकृत सुशील भट्ट समक्ष आवेदन बुझाएको हो ।

नेपाल सरकारले यस अघि नै ७५० मेगावाट क्षमताको पश्चिम सेती आयोजना र ४५० मेगावाट क्षमताको सेती नदी -६ जलविद्युत आयोजना अध्ययन र निर्माणको जिम्माको भारतीय कम्पनी एनएचपीसीलाई सुम्पिएको छ ।  यस अघि लगानी बोर्डले  ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी -६ संयुक्त जलविद्युत परियोजनाको विकासको लागि अध्ययन गर्न भारतीय कम्पनी एनएचपिसीसँग गरिने समझदारीपत्र स्वीकृत गरेको थियो। एनएचपिसी भारत सरकारकोको स्वामित्व भएको कम्पनी हो  । 

आयोजना निर्माण अनुमति पाएर लामो समयसम्म काम नगरेपछि सरकारले यी आयोजना चिनियाँ कम्पनी चाइना थ्री गोर्जेजबाट खोसेको थियो ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved