सुनकोशी हाइड्रोलाई गाभेपछि नेशनल हाइड्रोको एकिकृत कारोबार सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2022 | 09:26:24 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले सुनकोशी हाइड्रो पावर कम्पनी लिमिटेडलाई प्राप्ति गरेपश्चात् एकिकृत कारोबार सुरु गरेको छ । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको नामबाट आज असोज १४ गतेबाट एकिकृत कारोबार सुरु भएको हो ।

 नेशनल हाइड्रो पावर कम्पनी र सुनकोशी हाइड्रो पावर कम्पनीको क्रमश २०७८/११/१० र २०७८/१२/११ गते बसेको विशेष सधारणसभाले गाभ्ने गाभिने प्रस्ताव पारित गरेको थियो। त्यस्तै  विद्युत नियमन आयोगले २०७९/०४/११ गते प्राप्तिका लागि सहमति प्रदान गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयले  २०७९/०६/०४ गते गाभिने कम्पनीको सम्पूर्ण सम्पत्ति र दायित्व हालको कम्पनीले ब्यहोर्ने सकार्ने गरी स्वीकृति प्रदान गरेपछि आजबाट एकिकृत कारोबार सुरु भएको हो । 

 प्राप्ति पश्चात बन्ने नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय साबिककै स्थान अर्थात् काठमाडौँ महानगरपालिका वडा नं. १०, बिनायकनगर, नयाँबानेश्वरमा रहने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved