मातातीर्थ सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या, विद्युत आपूर्ति नै प्रभावित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2022 | 08:51:59 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित १३२ के.भी.को मातातीर्थ सबस्टेसनको पावर ट्रान्सफर्मरमा प्राविधिक समस्या आएको छ ।

१३२÷११ के.भी. सबस्टेसनमा रहेको २२.५ एम.भि.ए. क्षमताको पावर ट्रान्सफर्मरमा शनिबार दिउँसोबाट समस्या आएको हो । जसका कारण मातातीर्थ क्षेत्रका ५ हजार ग्राहकमा विद्युत आपूर्तिमा समस्या भएको छ । 

नेपाल विद्युत प्राधिकरणले मातातीर्थ र सतुंगल फिडरको लोडलाई थानकोट र बलम्बू फिडरमा सारेर वैकल्पिक रुपमा विद्युत आपूर्तिको व्यवस्था गरिएको जनाएको छ । 

तर, थानकोट र बलम्बू फिडरले त्यस क्षेत्रको मागलाई धानेको छैन । जसका कारण आंशिक रुपमा मात्रै विद्युत आपूर्तिको व्यवस्था गरिएको छ । आइतबार दिउँसोबाट विद्युत आपूर्तिमा देखिएको समस्या समाधान गर्ने प्राधिकरणले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved