आइपिओको तयारीमा रहेको मेन्छियाम हाइड्रोको विद्युत उत्पादन सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2022 | 10:32:30 AM मा प्रकाशित

laxmi  sunrise bank

सङ्खुवासभाको पिलुवाखोलामा निर्माण भएको मेन्छियाम हाइड्रोपावरले (चार दशमलव ७२ मेगावाट) विद्युत उत्पादन सुरु गरेको छ ।  सङ्खुवासभाको चैनपुर नगरपालिकास्थित पिलुवाखोलामा रु एक अर्ब ३१ करोड लगानीमा निर्माण भएको सो हाइड्रोपावरले विद्युत उत्पादन सुरु गरेको हो । उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

उक्त जलविद्युत् आयोजनाको शुभारम्भ भने हाइड्रोपावरका अध्यक्ष पूर्वराज्य मन्त्री दिपक खड्का र उद्योगपति विनोद चौधरीले पुस १३ गते सङ्खुवासभामा  गरिसकेका छन् । अध्यक्ष खड्काले कोरोना महामारीका कारण हाइड्रोपावर निर्माणमा केही ढिला भएको बताए । उनले छ वर्ष लगाएर उक्त हाइड्रोपावर सम्पन्न गरेको जानकारी दिए । स्थानीयवासीलाई पहिलो प्राथमिकतामा राखेर शेयर निष्काशन गर्ने तयारीमा जुटेको उनले बताए । 

कम्पनीले आईपिओ निष्काशनको तयारी पनि गरेको छ । मेन्छियाम हाइड्रोपावरले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिईसकेको छ। कम्पनीले शेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले साउन १८ गते नै बोर्डमा आवेदन थियो भने असोज ९ गते विद्युत नियमन आयोगबाट स्वीकृति लिएको थियो। बोर्डबाट अनुमति पाएपछि कम्पनीले आइपिओ निष्काशन गर्ने छन् । 


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved