अपि पावरले निर्माण गरिरहेको माथिल्लो चमेलिया आयोजना अन्तिम चरणमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2023 | 07:18:29 PM मा प्रकाशित

laxmi  sunrise bank

अपि पावर कम्पनी लिमिटेडले आफ्नो छैठौं आयोजनाको रुपमा निर्माण गरिरहेको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुर्याएको जनाएको छ । आफ्नो छैठौं आयोजना स्वरुप ४० मे.वा क्षमतको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पूगेको कम्पनीका कार्यकारी संचालक संजिव न्यौपानेले बताए ।

दार्चुला जिल्लामा बहने चमेलिया नदिमा उक्त आयोजना निर्माण भईरहेको छ । आयोजनाबाट उत्पादित विद्युत शक्ति ने.वि.प्रा को चमेलिया जलविद्युत आयोजनाको बलाँच सवस्टेशनमा १३२ के.भिका टावरहरुबाट जडान गरिनेछ । आयोजनाको निर्माण कम्पनीले २४ महिना भित्रै सम्पन्न गर्न लागेको हो । कम्पनीको यो छैठौं आयोजनाको निर्माण पश्चातकम्पनीले शेयरधनिहरुलाई अझ आकर्षक लाभांश दिन सक्ने समेत जनाएको छ । 

यो आयोजनावि.स २०८० साल बैशाख भित्र संचालनमा आउने समेत कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हाल आयोजनाको विद्युत गृह, सर्ज टंयाक, सवस्टेशनको निर्माण कार्य सतप्रतिशत सम्पन्न भईसकेको छ भने एलान्मेण्ट तर्फ ८०० मिटर पाइप जडानको अन्तिम कार्य तथा बाँधस्थलको अन्तिम सिभिलकार्य भईरहेको छ । आयोजनामा जेपर्ट, अष्ट्रलिया आयात गरिएका मेसिनहरु साईटमा जडानको कार्य समेत सुरु गरिएको छ । आयोजनामा हिमालयन बैंक लिमिटेडको अगुवाईमा रहेका कन्सोर्टियम बैंकहरुको लगानी रहेको छ । 

दार्चुला जिल्लामा कम्पनीले यस अघि ८.५ मे.वा क्षमताको नौगड गाढ जलविद्युत आयोजना र ८ मे.वा क्षमताको माथिल्लो नौगड गाढ जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि राष्ट्रिय प्रशारण लाईनमा प्रवाह गरिरहेको छ  ।  कम्पनीले मिश्रित उर्जा नितिलाई आत्म साथ गर्दे ४ मे.वा क्षमताको चन्द निगापूर सौर्य आयोजना, १ मे.वा क्षमताको ढल्केवर सौर्य आयोजना र १ मे.वा क्षमताको सिमरा सौर्य आयोजनाको निमार्ण सम्पन्न गरि यि सौर्य आयोजनाहरु समेत राष्ट्रिय प्रशारण लाईनमा प्रवाह गरिरहेको छ । 

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved