भारतीय कम्पनीले बुझायो पश्चिम सेती आयोजनाको प्रारम्भिक अध्ययन प्रतिवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2023 | 07:23:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती  जलविद्युत आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी एनएचपीसीले आयोजनाको प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाएको छ । कम्पनीले लगानी बोर्डका अध्यक्ष सुशील भट्टलाई आयोजनाको प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाएको हो। 

कम्पनीले आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन भने अबको २१ महिना भित्र बुझाउनु पर्ने छ। 

नेपाल सरकारले  ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी -६ जलविद्युत आयोजना अध्ययन र निर्माणको जिम्माको भारतीय कम्पनी एनएचपीसीलाई सुम्पिएको छ । एनएचपिसी भारत सरकारकोको स्वामित्व भएको कम्पनी हो  । 

आयोजना निर्माण अनुमति पाएर लामो समयसम्म काम नगरेपछि सरकारले यी आयोजना चिनियाँ कम्पनी चाइना थ्री गोर्जेजबाट खोसेको थियो ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved