नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड र मेवा डेभलपर्सबीच लगानी सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2023 | 08:07:18 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेड (एनआईआईएफ) ले मेवा डेभलपर्स लिमिटेडमा लगानी गरेको छ। लगानी सम्बन्धि सम्झौतामा मेवा डेभलपर्सका तर्फबाट प्रबन्ध निर्देशक भानु पोखरेल र एनआईआईएफका तर्फबाट लगानी प्रबन्धक डा. मनिष थापाले हस्ताक्षर गरेका छन्  ।

मेवा डेभलपर्स लिमिटेडले हाल ताप्लेजुङ जिल्लामा ७३.५० मेगावाटको मध्य मेवा जलविद्युत र ९.३० मेगावाटको सिवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

एनआईआईएफबाट प्राप्त रकम कम्पनीले विकास गरेका दुई पीआरओआर प्रकारका जलविद्युत आयोजनाको कार्यान्वयनमा प्रयोग गरिने मेवा डेभलपर्सका प्रबन्ध निर्देशक भानु पोखरेलले बताए । उनले  मेवाले सफा ऊर्जा प्रवर्द्धन सँगै सबै सरोकारवालाहरूको लागि राम्रो र दिगो भविष्य सिर्जना गर्न ईएसजी (ESG) अनुपालन अभ्यास पनि गरेको बताए ।

एनआईआईएफका लागि लगानी प्रबन्धक तथा ग्लोबल इक्विटी फन्डका प्रबन्ध निर्देशक डा. मनिष थापाले यस लगानीबाट मेवाले ऊर्जा उत्पादनको सन्दर्भमा जलविद्युत उद्योगको नेतृत्व गर्न जारी राख्नुका साथ साथै वातावरण, सामाजिक र सुशासन लाभहरू अभिवृद्धि गर्न नयाँ दृष्टिकोणहरू ल्याउनेमा एनआईआईएफ विश्वस्त रहेको बताए।

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेडमा ग्लोबल इक्विटी फण्ड, प्राइम लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सको संयुक्त लगानी रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved