कुथेली बुखारी स्मल हाइड्रोपावले पायो आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2023 | 02:00:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले कुथेलि बुखारी स्माल हाइड्रोपावरलाई सर्वसाधारणको लागि साधारण सेयर निष्काशनको अनुमति दिएको छ। यहि जेठ दुई गते हाइड्रोपावरले आइपीओ निष्काशनको अनुमति पाएको हो। 

हाइड्रोपावरले प्रति कित्ता एक सय रुपैयाँका दरले २ लाख ४३ हाजर ६७५ कित्ता साधारण सेयर निष्काशनको प्रस्ताव गरेको हो। यो सेयर कम्पनीको कुल सेयरको २० प्रतिशत हुन आउँछ। 

साधारण सेयर निष्काशन बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्तापुंजी १२ करोड १८ लाख पुग्नेछ।  हाइड्रोपावरले एनएमबि क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ। इक्रा नेपालले कुथेलि हाइड्रोपावरलाई त्रिपल बी माइनसको रेटिंग दिएको छ। यसको अर्थ यस हाइड्रोपावरमा लगानीको जोखिम औषत रहेको भन्ने हो। 

कुथेलि सन् २०११ अगष्ट ११ मा स्थापना भई २८ जनवरी २०१५ मा पब्लिक लिमिटेडमा रुपान्तरण भएको कम्पनी हो। यस कम्पनीले दोलखामा ०.९९८ मेगावाटको सुस्पा बुखारी खोला स्माल हाइड्रोपावर प्रोजेक्ट निर्माण सम्पन्न गरी २०१५ सेप्टेम्बरमा संचालनमा ल्याएको छ। यस हाइड्रोको कुल लागत २४ करोड ८० लाख हो। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved