तामाकोसी–५ बनाउन सञ्चय कोषले १३ अर्ब ४७ करोड ऋण दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2023 | 02:15:45 PM मा प्रकाशित

laxmi  sunrise bank

तामाकोसी–५ जलविद्युत आयोजना निर्माणका लागि कर्मचारी सञ्चय १३ अर्ब ४७ करोड रुपैयाँ ऋण दिने भएको छ । नेपाल विद्युत प्राधिकरण, तामाकोसी कम्पनी लिमिटेड र सञ्चय कोषबीच ऋण सम्झौतामा आज हस्ताक्षर हुँदैछ । 

झण्डै १ सय मेगावाटको तामाकोसी–५ आयोजना निर्माणका लागि २० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यसमा ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउन लागिएको छ । यस परियोनामा ऋण लगानी भने कर्मचारी सञ्चय कोषको मात्रै रहनेछ । 

यो आयोजना माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको क्यासकेड आयोजना हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved