भारत र बंगलादेश नेपालको बिजुली किन्न आतुर छन्ः कुलमान घिसिङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2023 | 02:06:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारत र बंगलादेश नेपाली बिजुली किन्न तयार रहेको बताएका छन् । आइतबार तामाकोसी–५ जलविद्युत आयोजनाको ऋण लगानी सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रममा घिसिङले नेपालमा उत्पादित विद्युत् बिक्री हुँदैन भन्ने हल्ला सत्य नभएको बताए ।

‘पहिलो प्राथमिकता उत्पादित विद्युत् यहीँ खपत गर्ने हो,’ उनले भने, ‘यसका लागि प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार र सुदृढीकरणका काम देशभरी नै भइरहेको छ । देशभित्र खपत गरेर बचेको विद्युत निर्यात गर्ने हो ।’

देशभित्र खपत हुन नसकेको बिजुली निकासी गर्न बजारको जोखिम नभएको दाबी गर्दै उनले थपे, ‘भारत र बंगलादेशसँगका धेरै बैठकहरुमा भाग लिएपछिको मेरो अनुभवले के भन्छ भने नेपालमा उत्पादित विद्युत् बिक्रीका लागि बजार सुनिश्चित छ । त्यो पनि राम्रो मूल्यमा बिक्री गर्न सकिने देखिएको छ ।’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved