एमसीसी अन्तर्गतको प्रसारणलाइन बनाउन ६ कम्पनीबीच प्रतिस्पर्धा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2023 | 07:39:12 PM मा प्रकाशित

laxmi  sunrise bank

मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले एमसीसी परियोजना अन्तर्गतको प्रसारणलाइन निर्माणका लागि ६ वटा कम्पनीहरुले बोलपत्र पेश गरेका छन् । रातमाटे–लप्सीफेदी–हेटौंडा–बुटवल खण्डमा प्रसारणलाइन बनाउन आह्वान गरेको बोलपत्रमा ६ कम्पनीले बोलपत्र पेश गरेका हुन् । 

मेघा इन्जिनियरिङ एन्ड इन्फ्रास्ट्रक्चर लिमिटेड र पावर मेक प्रोजेक्ट्स लिमिटेडले संयुक्त रूपमा बोलपत्र पेश गरेका छन् । कल्पतरू पावर ट्रान्समिसन लिमिटेड, केईसी इन्टरनेशनल लिमिटेड, ट्रान्सरेल लाइटिङ लिमिटेड, टाटा प्रोजेक्ट्स लिमिटेड र लार्सन एण्ड टर्बो लिमिटेडले बोलपत्र पेश गरेका छन् । 

प्रसारणलाइन बन्ने १० वटा जिल्लाका ३० वटा स्थानीय तहका ९२ वटा वडाहरु पर्छन् । प्रस्तावित प्रसारणलाइन बन्ने क्षेत्रको तार र टावर रहने जग्गा अधिग्रहण गर्नुपर्ने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved