रामेछापमा निर्माणाधीन लिखु जलविद्युत आयोजनामा अवरोध भएपछि इप्पानको आपत्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2023 | 02:06:52 PM मा प्रकाशित

laxmi  sunrise bank

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर १ मा निर्माण गरिएको लिखु–२ (लिखु दोस्रो) जलविद्युत आयोजनामा स्थानीयले अवरोध गरेका छन् । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान)ले आयोजना सञ्चालनमा अवरोध गरेको जनाएको हो ।

५५ मेगावाटको उक्त आयोजनाको साइट अफिसमा हुल हुज्जत गर्ने, तालाबन्दी गर्ने र कर्मचारीहरूलाई तर्साउने लगायतका कार्य गरी आयोजना सञ्चालनमा अवरोध गरिएको भन्दै इप्पानले ध्यानाकर्षण भएको जनाएको हो ।

कर्मचारी तथा प्रवर्द्धकमाथि आक्रमणकै शैलीमा उच्छृंखल गतिविधिले मुलुकको अर्थतन्त्रको मेरूदण्डका रुपमा रहेको ऊर्जा क्षेत्रमा नकारात्मक सन्देश जाने हुँदा सहजीकरणको आग्रह इप्पानले गरेको छ ।

उक्त जलविद्युत आयोजनाको सुरक्षाको व्यवस्था मिलाउन पनि इप्पानले सरकारसँग माग गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved