भारतीय कम्पनीले बनाउने ६६९ मेगावाटको तल्लो अरुण आयोजनाको पीडिए स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2023 | 01:58:58 PM मा प्रकाशित

laxmi  sunrise bank

लगानी बोर्डले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको विकासको लागि भारतीय कम्पनीसंग गरिएको सम्झौता अनुमोदनको लागि नेपाल सरकार मन्त्रिपरिषद्समक्ष प्रस्ताव पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अध्यक्षतामा आज बसेको लगानी बोर्डको ५४ औं बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको विकासको लागि SJVN Lower Arun Power Development Company (SLAPDC) सँग गरिने परियोजना विकास सम्झौता (Project Development Agreement-PDA) को सहमतिको अन्तिम मस्यौदा दस्तावेजलाई स्वीकृत गरी अनुमोदनका लागि नेपाल सरकार मन्त्रिपरिषद्समक्ष प्रस्ताव पठाउने निर्णय गरेको हो ।

बोर्डको ५३ औं बैठकको निर्णय अनुसार लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा विभिन्न मन्त्रालय तथा निकायका प्रतिनिधिहरु सदस्य रहेको वार्ता समितिले SJVN Limited India सँग चरणबद्ध रुपमा वार्ता गरी सहमति सहितको PDA को अन्तिम मस्यौदा दस्तावेज तयार गरेको लगानी बोर्डले जनाएको छ। बोर्डको अघिल्लो बैठकले तल्लो अरुण जलविद्युत परियोजनाका लागि रु. ९२.६८ अर्ब बराबरको लगानी स्वीकृत गरिसकेको छ ।

आफ्नो उत्पादनको सम्पूर्ण उर्जा निर्यात गर्ने एवं निर्धारित समयमै निर्माण सम्पन्न गर्ने गरी आवश्यक पूर्व तयारी समेत अगाडि बढिरहेको सन्दर्भमा ६६९ मेगावाट क्षमताको यस रुपान्तरणकारी परियोजनाको विकासले मुलुकको आर्थिक-सामाजिक विकासमा महत्वपूर्ण टेवा पुऱ्याउने अपेक्षा गरिएको लगानी बोर्डले जनाएको छ।

त्यस्तै आजको बैठकले ७५६ मेगावाट क्षमताको तमोर जलाशययुक्त जलविद्युत परियोजना अघि बढाउने सम्बन्धमा प्रस्तावकसँग १९ जनवरी २०२० मा भएको समझदारी पत्रको पालना सम्बन्धमा पत्राचार गर्ने निर्णय गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved