अवसर इक्विटी फण्डद्वारा हिमपर्वत हाइड्रोमा ३९ करोड लगानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2023 | 11:59:50 AM मा प्रकाशित

laxmi  sunrise bank

अवसर इक्विटी डाइभर्सिफाइड फण्डले हिमपर्वत हाइड्रोपावर लिमिटेडमा लगानी गर्ने भएको छ । अवसर इक्विटीले हिमपर्वत हाइड्रोमा ३९.०६ करोड लगानी गर्ने सम्झौता गरेको हो।

 हिमपर्वतले हाल  दुईवटा रन अफ रिभर आयोजना निर्माण गरिरहेको छ । कम्पनीले दोलखामा सागु खोला–१ ​​जलविद्युत आयोजना (५.५ मेगावाट) र सागु खोला जलविद्युत आयोजना (२० मेगावाट) निर्माण गरिरहेको छ । दुवै आयोजनाको लागि टेक अर पे अनुसार खरिद बिक्रि सम्झौता भईसकेको छ । दुवै आयोजनाबाट उत्पादन हुने विद्युत् हुने विद्युत सिंगटी सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ। दुवै आयोजना सन् २०८१ साल चैत्र २९ गते सम्पन्न गरिसक्नु पर्ने गरि नेपाल विद्युत प्राधिकरणसंग सम्झौता भईसकेको छ ।

अवसर इक्विटीको लगानीले आयोजनाको समयमै सम्पन्न गर्न सहज बनाउने र स्वच्छ ऊर्जामा नेपालको प्रतिबद्धता पूरा गर्न योगदान पु¥याउने विश्वास फण्डले व्यक्त गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved