इप्पानद्वारा भारतसँग भएका उर्जा सम्झौताहरुको स्वागत, तत्काल पिपिए खुलाउन माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2023 | 02:03:54 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान)ले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा उर्जा क्षेत्रमा भएका दीर्घकालीन महत्वका सम्झौताहरुको स्वागत गरेको छ। इप्पानले आज पत्रकार सम्मेलन गर्दै प्रचण्डको भारत भ्रमणका क्रममा उर्जा क्षेत्रमा भएका दीर्घकालीन महत्वका सम्झौताहरुको स्वागत गरेको हो।

इप्पानका अनुसार भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीहरुबाट नेपाल-भारत विद्युत् व्यपारको लागि महत्वपुर्ण बुटवल - गोरखपुर ४०० के.भी. प्रसारणलाईनको सिलान्यास, फुकोट कर्णाली ४८० मे.वा. जलविद्युत् परियोजना विकास सम्वन्धी समझदारी पत्र, तल्लो अरुण ६६९ मे. वा. को जलविद्युत् परियोजना विकास सम्झौता, नेपाल भित्र विद्युत् प्रसारण लाईन निर्माणको लागि एक्जिम बैक ईण्डीयाबाट सहुलियतपूर्ण प्राप्त कर्जाको उपयोग, नेपालमा निर्माणाधीन जलविद्युत् सडक जस्ता ठुलापुर्वाधार आयोजनामा आवस्यक विष्फोटक पदार्थको सहज र सरल आपुर्ती, पञ्चेश्वर बहुउदेश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवदन (डिपिआर) लाई ३ महिना भित्र अन्तिमरुप दिने र वित्तिय प्रवन्ध सहित दुवै सरकारले डिपिआर स्विकृत गरेपछि एकवर्ष भित्रमा कार्यान्वयनमा जाने जस्ता उर्जा क्षेत्रमा भएका महत्वपुर्ण सम्झौताहरु भएका छन् ।

यसका अतिरिक्त विभिन्न जलविद्युत् आयोजनाहरुमा भारतीय लगानी भित्रयाउने, द्विपक्षिय उर्जा व्यापारका लागि प्रसारणलाईन लगायतका संरचनाहरुको निर्माण गर्ने, भारततर्फ उर्जाको दिर्घकालीन व्यपारको लागि वैधानीक आधार शुनिश्चित गर्ने, भारतीय भुमीहुँदै बंगलादेशसम्म नेपालबाट विद्युत् निर्यातको शुरुवात गर्न सैद्धान्तीक सहमती भई त्रिपक्षिय सम्झौताको लागि प्रकृया अगाडि बढाउने सहमती भएको इप्पानले जनाएको छ । यसका साथै भारतका प्रधानमन्त्रीले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने लक्ष रहेको बताउनुका साथै यससँग सम्वन्धीत उर्जा व्यापार सम्झौता दुवै देशका सचिब स्तरमा सम्पन्न भएको इप्पानले उल्लेख गरेको छ ।

 यसपटकको भ्रमणलाई आर्थिक कुटनीतिमा केन्द्रित गरि उर्जा व्यपारको लागि महत्वपुर्ण पहल गरेको उर्जा उद्यमीहरुका तर्फबाट इप्पानले प्रधानमन्त्रीलाई धन्यवाद दिएको छ। प्रधानमन्त्रीको भारत भ्रमणपछी उर्जा क्षेत्रमा सकारात्मक संचार भएर लगानीको वातावरण बनेको महसुस भएको हुँदा, विगत केहि वर्ष देखि रोकिएर रहेका करिब १० हजार ५ सय मे.वा. क्षमता भन्दा बढीका आयोजनाहरुको विद्युत् खरिद विक्री (पिपिए) तत्काल खुलाउनको लागि इप्पानले आग्रह गरेको छ । उर्जामन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई विशेष निर्देशन दिनको लागि इप्पानले प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved