
 2mb (1).gif)
स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान) को अध्यक्ष पदको लागि गणेश कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । कार्की हाल उपाध्यक्ष छन् ।
त्यस्तै हाल उपाध्यक्ष रहेका मोहन डाँगीले बरिष्ठ उपाध्यक्षको लागि उम्मेदवारी घोषणा गरेका छन् । हाल सचिव रहेका बलराम खतिवडाले महासचिवको लागि उम्मेदवारी घोषणा गरेका छन् ।
इप्पानको २१ औं वार्षिक साधारणसभा जेष्ठ ३२ गते बिहान ९ बजे हायात रिजेन्सी होटलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । यो साधारणसभाले नयाँ कार्यसमितिको चयन गर्ने छ ।
इप्पानले निर्वाचन प्रकृयामा भाग लिनको लागि यहि जेठ २५ गते भित्र सदस्यता नविकरण र नयाँ सदस्यता लिन आग्रह गरेको छ। इप्पानका अनुसार हालसम्म करिब १६५ आयोजनाहरुले नयाँ सदस्यता लिएका छन् भने करिव १५० पुराना सदस्यहरु नविकरण भएका छन् । आयोजनाहरुले सदस्यता आवेदनसँगै सदस्यता शुल्क जम्मा गर्नसक्ने निर्णय गरेको इप्पानले जनाएको छ ।