इप्पानको कोषाध्यक्ष पदमा नरेन्द्र बल्लभ पन्तको उम्मेदवारी घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2023 | 07:16:36 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को कोषाध्यक्ष पदमा नरेन्द्र बल्लभ पन्तले उम्मेदवारी घोषणा गरेका छन् । ऊर्जा तथा निर्माण व्यवसायी पन्तले अध्यक्षका प्रत्यासीहरु गणेश कार्की र बरिष्ठ उपाध्यक्ष महोन डाँगीसँग छलफलबाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् ।

कोषाध्यक्षका प्रत्यासी पन्त युनाइटेड मोदी हाइड्रो पावर लिमिटेडका अध्यक्ष हुन् । उनी टक्सार पिखुवाखोला हाइड्रो पावर कम्पनीका  कार्यकारी प्रबन्धक समेत हुन् । त्यस्तै २२.५ मेगावाट क्षमताको ठूलो खोला जलविद्युत कम्पनीमा समेत उनको उल्लेख्य लगानी छ । नेपाल चेम्बर अफ कमर्सका कार्यसमित सदस्य पन्त चेम्बरको उर्जा समितिका सभापति पनि हुन् । पन्त निर्माण ब्यवसाय, जलविद्युत, इन्भेष्टमेन्ट कम्पनीहरुमा लगानी रहेको देव  ग्रुपका अध्यक्ष पनि हुन् ।

 १५ वर्ष लामो क्षेत्रगत अनुभवका कारण आफू इप्पानको कोषाध्यक्षमा दाबेदार रहेको उनले बताए ।  आफू कोषाध्यक्ष पदको लागि योग्य भएकाले जलविद्युत उर्जा उद्येमीहरुले सहयोग गर्नेमा पन्त ढुक्क देखिएका छन्। 

इप्पानको अध्यक्ष पदको लागि गणेश कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । कार्की हाल उपाध्यक्ष छन् । 

त्यस्तै हाल उपाध्यक्ष रहेका मोहन डाँगीले बरिष्ठ उपाध्यक्षको लागि उम्मेदवारी घोषणा गरेका छन् ।  हाल सचिव रहेका बलराम खतिवडाले महासचिवको लागि उम्मेदवारी घोषणा गरेका छन् । 

 इप्पानको २१ औं वार्षिक साधारणसभा जेष्ठ ३२ गते बिहान ९ बजे हायात रिजेन्सी होटलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । यो साधारणसभाले नयाँ कार्यसमितिको चयन गर्ने छ । 

इप्पानले निर्वाचन प्रकृयामा भाग लिनको लागि यहि जेठ २५ गते भित्र सदस्यता नविकरण र नयाँ सदस्यता लिन  आग्रह गरेको छ। इप्पानका अनुसार हालसम्म करिब १६५ आयोजनाहरुले नयाँ सदस्यता लिएका छन् भने करिव १५० पुराना सदस्यहरु नविकरण भएका छन् । आयोजनाहरुले सदस्यता आवेदनसँगै सदस्यता शुल्क जम्मा गर्नसक्ने निर्णय गरेको इप्पानले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved