नेपाल भित्रियो भारतीय टाटा कम्पनी, उर्जा क्षेत्रमा काम गर्न दुगड पावरसँग सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2023 | 12:17:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको नवीकरणीय उर्जा पहललाई बढावा दिन टाटा पावर नवीकरणीय उर्जा लिमिटेड र दुगड पावर फोर्ज बीच सहमति भएको छ ।

 टाटा पावर नवीकरणीय उर्जा लिमिटेड (टीटीआरइएल) नवीकरणीय उर्जाको क्षेत्रमा एउटा अग्रणी कम्पनी हो। भारतको पावर कम्पनीहरु मध्ये सबैभन्दा ठूलो  टाटा पावरको एउटा भगिनी कम्पनी टीटीआरइएल हो । सो कम्पनीले  नेपालको ख्याति प्राप्त ब्यापारिक समूह दुगड ग्रुपको भगिनी कम्पनी दुगड पावर प्रा.लि.सँग सहकार्यको हात अगाडि बढाएको हो । 

कम्पनीका अनुसार नेपालमा दूततर रुपमा विकास भइरहेको नवीकरणीय उर्जाको विकासमा टीटीआरइएलको रणनैतिक प्रवेशलाई यस सहमतिले बढावा दिन्छ र दीगो विकासमा नेपालले चालेको कदमलाई मात्रात्मक रुपमा बढाउन यसले एउटा आधार तयार गर्दछ । यस एकताले दुगड पावरलाई नेपालमा  शुरुदेखि अन्त्यसम्मको दीगो उर्जा उत्पादनमा कोशेढुँगा बन्नमा मद्दत गर्ने र यो साझेदारी खुला बन्दा ग्रीड उर्जा समाधानको सौय प्रविधिको रुपान्तरणका लागि भएको कम्पनीले जनाएको छ । 

कम्पनीले भनेको छ 'इन्जिनियरीङ्गका लागि स्वीकार योग्य बनाइएको, यो सहकार्य यस क्षेत्रमा दीगो उर्जाको लागि लामो समयसम्म कायम राख्नको लागि हो । यो सहमति नेपालमा आवश्यकरहेको विविध प्रकारको उर्जा आवशयकता समाधानको लागि १ किलोवाट देखि मेगावाट सम्मको हो । सेल्स, तथा मोडुल्स, इन्जिनियििरङ्ग, खरिद, र निर्माण लगायत नेपाल भित्र हुने कार्य संचालन र मर्मत सुधारमा टीटीआरइएलले प्रदान गर्ने सेवाको विविधिकरणको लागि यसले नयाँ क्षितिजको ढोका खोल्छ । '

सम्झौतापछि टाटा पावर नवीकरणीय उर्जा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष खन्नाले भने , “दुगड पावर सँगको यो साझेदारी नेपालको  उर्जाको क्षेत्रको इन्जिनियरिङ्गलाई पुनपरिभाषित गर्ने रणनैतिक एकता हो । जब हामी नेपालको उर्जाको संभाब्य बजार भित्र प्रवेश गर्दछौं, एउटा परिवर्तनशील प्रभाव रहोस भन्ने हामी चाहन्छौं । दुवै कम्पनीहरु सँग रहेका श्रोतहरु र विज्ञताको एकताले यस क्षेत्रमा दीगो उर्जाको  खपतमा रहेको प्रणालीमा नयाँ परिश्थिति सिर्जना गर्नेछ भन्नेमा हामी आशावादी छौं । "

दुगड पावर प्रा.लि.का व्यवस्थापकीय निर्देशक श्री अभिशेक दुगडले भने , “टाटा पावर नवीकरणीय उर्जा लिमिटेडसँगको हाम्रो सहकार्य नेपालको  उर्जाको क्षेत्रको आवश्यकतालाई दीर्घकालीन, आत्म निर्भर र नवीकरणीय बनाउने रणनैतिक एकता हो । आर्थिक विषयमा हाम्रा साझा सरोकार पनि छन् । नेपालको हरेक कुनामा स्वच्छ उर्जा पुर्याउने कुरामा हामी प्रतिवद्ध छौं । नेपालको दीगो उर्जाको भविष्यलाई थप मद्दत गर्ने हाम्रो प्रतिवद्धतालाई उजागर गर्ने दस्तावेज यो साझेदारी हो । "

टाटा पावर नवीकरणीय उर्जा लिमिटेड नवीकरणीय उर्जा क्षेत्रको नेतृत्वदायि खेलाडी हो जसले विश्वभरि नै ३ गिगावाट भन्दा बढीको सेल र मोडुल बेचेको छ । ३.४ मेगावाटको नेदरल्याण्डमा, ३.३७६ मेगावाटको अमेरिकामा जस्ता कम्पनीले ठूला र बहुमापनका कम्पनीहरु लाई उर्जा दिएको छ । दुगड पावरले नेपालको नविकरणीय उर्जाको क्षेत्रमा काम गर्दछ । यी दुवै कम्पनीले संयुक्त रुपमा नेपालको उर्जा समाधानका लागि रुपान्तरणकारी कार्य गर्न क्षमता राख्ने दुवै कम्पनीले उल्लेख गरेका छन्। 

कम्पनीका अनुसार  नेपालको उर्जा क्षेत्रलाई पुनपरिभाषित बनाउने लक्ष यस साझेदारीले राखेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved